काेराेना सङ्क्रमण : बेलायती प्रधानमन्त्री बाेरिस जाेनसाेन अस्पताल भर्ना

 चैत २४, २०७६ सोमबार ६:४२:२३ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई अस्पताल भर्ना गरिएको छ ।

कोरोना भाइरस (काेभिड १९) को सङ्क्रमण देखिएपछि १० दिनसम्म सेल्फ आइसोलेशनमा बसे पनि स्वास्थ्यमा सुधार नआएपछि प्रधानमन्त्री बाेरिस जाेनसाेनलाई अस्पताल भर्ना गरिएको बीबीसीले जनाएको छ ।

उनलाई आएको ज्वरो कम नभएपछि डाक्टरको सल्लाहमा अस्पताल भर्ना गरिएको हो ।

बेलायतमा ४७ हजार आठ सय सात जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । अहिलेसम्म चार हजार ९ सय ३७ जनाको ज्यान गएको छ ।

अन्तिम अपडेट: असार ९, २०७७

तपाईको प्रतिक्रिया