काेराेनाकाे सङ्क्रमण विश्वका दुई सय आठ देशमा फैलियाे

 चैत २४, २०७६ सोमबार ७:६:३९ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – काेराेना भाइरस (कोभिड १९) को सङ्क्रमण दुई सय आठ देशमा फैलिएको छ । दक्षिणी सुडान र सेन्ट पियरे मिकेलनमा एक–एक जनामा कोरोना पुष्टि भएपछि कोभिड १९ को सङ्क्रमण फैलिएको देशको सङ्ख्या दुई सय आठ पुगेको हो ।

यस्तै दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा पनि कोरोना भाइरस फैलिँदा सङ्क्रमित हुनेको सङ्ख्या साढे १२ लाख नाघेको छ । अहिलेसम्म १२ लाख ७१ हजार आठ सय ७५ जनामा कोरोना पुष्टि भएकोमा दुई लाख ६१ हजार चार सय २४ जना उपचारपछि निको भएका छन् ।

सङ्क्रमितमध्ये ९ लाख ४१ हजार ४६ जनाको भने उपचार भइरहेकाे छ भने ६९ हजार चार सय पाँच जनाकाे ज्यान गएको छ ।

गएको २४ घण्टामा सबैभन्दा धेरै अमेरिकामा एक हजार जनाभन्दा धेरैको ज्यान गएको छ । अमेरिकामा मात्रै अहिलेसम्म कोरोनाका कारण साढे ९ हजारभन्दा धेरैको ज्यान गएको छ । ३ लाखभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै इटलीमा साढे १५ हजारभन्दा धेरै, स्पेनमा साढे १२ हजारभन्दा धेरै, फ्रान्समा आठ हजारभन्दा धेरैको ज्यान गएको छ ।

यसैगरी भारतमा आइतबार थप १८ जनाको ज्यान गएको छ । भारतमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या एक सय १७ पुगेको छ भने सात सय जना नयाँ बिरामी थपिएपछि सङ्क्रमितको सङ्ख्या ४ हजार नाघेको छ ।

विभिन्न देशमा गएको २४ घण्टामा मात्रै चार हजार सात सय १५ जनाको ज्यान गएको छ । 

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Hem bdr

    April 6, 2020, 8:01 a.m.

    विश्वामा कति देश छन र?१९५ हैन र?

  •  0 Reply

तपाईको प्रतिक्रिया