फाइनलअघि नेपाल र म्यानमारबीच बराबरी
फागुन ११, २०८१ आइतबार
काठमाण्डौ – अहिले प्रदेश ५ को रुपन्देही तथा सुदूरपश्चिम प्रदेशको बैतडी, कैलाली र दार्चुला जिल्लासँग जोडिएको भारतीय सीमा क्षेत्रमा ११ सयभन्दा धेरै नेपाली क्वरेण्टीनमा रहेका छन् ।
कोरोना सङ्क्रमण रोक्न अन्तर्राष्ट्रिय नाका बन्द गरिएपछि भारततर्फ नै रोकिएका उनीहरुलाई भारत सरकारले क्वरेण्टीनमा राखेर खान तथा बस्न व्यवस्था गरेको छ । सीमाबाट पारि जान नपाएका भारतीयहरुलाई पनि नेपाल सरकारले क्वरेण्टीनमा राखेर खान र बस्नको व्यवस्था गरिरहेको छ । सीमा क्षेत्रको भारततर्फ नै रोकिएका नेपालीहरुले नेपालमै आएर क्वरेण्टीनमा बस्नुपर्ने माग गरिरहेका छन् । अहिले आफूहरुको जीवन कष्टकर रहेको भन्दै सीमामा रोकिएका नेपाली तथा केही अधिकारकर्मीहरुले पनि उनीहरुलाई नेपाल ल्याउन माग गरिरहेका छन् ।
तर सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किएकाहरुमा कोरोना सङ्क्रमण भेटिएपछि सीमा नाकामा थपक कडाइ गरिएको छ । सीमा नजिक रहेकाहरुलाई तत्कालै ल्याउनुभन्दा जहाँ रहेका छन् त्यहीँ खान बस्नको राम्रो व्यवस्था गर्नुपर्ने माग स्थानीयस्तरमा उठ्न थालेको छ भने सरकार पनि त्यही प्रयासमा रहेको बताउँछ ।
रुपन्देहीसँगको नाका सुनौलीमा रहेका नेपालीहरुलाई भेटेर फर्केपछि रुपन्देही क्षेत्र नम्बर ३ (क) का प्रदेश सभा सदस्य सन्तोष पाण्डेले क्वरेण्टीनमा रहेका नेपालीहरुलाई भारतीय पक्षले खान तथा बस्नको राम्रो व्यवस्था गरेको बताउनुभयो । नेपालीहरुले हामी कहिले नेपाल आउँन पाउँछौँ भनेर सोधेको र आफूले केही समय लाग्ने भएकोले त्यहीँ नै सुरक्षित भएर बस्न आग्रह गरेको बताउनुभयो ।
यस्तै दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले सीमापारि क्वरेण्टीनमा रहेका नेपालीहरुको अवस्थाको बारेमा नियमित जानकारी लिइरहेको बताउनुभयो । भारतीय पक्षसँग नियमित कुराकानी गरी कम्तीमा खान बस्नको समस्या नआओस् भने पहल भइरहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।