कोरोना भाइरसविरुद्धको अभियानमा निजी क्षेत्रको सहयोग आवश्यक: मन्त्री ढकाल

 चैत २४, २०७६ सोमबार १३:११:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरस (कोभिड १९) विरुद्धको अभियानमा निजी क्षेत्रको सहयोग आवश्यक रहेको बताउनुभएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा सोमबार नर्भिक इन्टरनेशनल अस्पताल तथा वसन्त चौधरी फाउण्डेशनले उपलब्ध गराएको स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा मन्त्री ढकालले सरकारलाई निजी क्षेत्रले सहयोग गरिरहेको पनि बताउनुभयो ।

कोरोना फैलिन नदिन सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने उहाँको भनाइ छ । मन्त्री ढकालले सोमबारदेखि कोरोनाविरुद्धको अभियानको दायरा फराकिलो बनाएको पनि बताउनुभयो ।

नर्भिक अस्पताल तथा वसन्त चौधरी फाउण्डेशनका प्रतिनिधिले मन्त्री ढाकाललाई ६० लाख बराबरको स्वास्थ्यजन्य सामग्री हस्तान्तरण गरेका छन् । सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा फाउण्डेशनले यसअघि पनि ५० लाख रुपैयाँ दिएको थियो ।

अन्तिम अपडेट: फागुन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया