फाइनलअघि नेपाल र म्यानमारबीच बराबरी
फागुन ११, २०८१ आइतबार
काठमाण्डौ - स्वास्थ्यसम्बन्धी जानकारी दिन नेपाल फाइट्स कोरोना डटकम वेबसाइट सुरु भएको छ ।
टीडीओ नेपालले कोरोना भाइरसका लक्षण, यसबाट बच्ने उपाय, लक्षण देखिएमा सम्पर्क गर्ने स्थान र व्यक्तिकोसमेत जानकारी दिनेगरी www.nepalfightscorona.com/ सुरु गरेको हो ।
लकडाउनको समयमा नागरिकलाई घरबाहिर निस्कन अफ्ठेरो परिरहेको अवस्थामा वेबसाइटमार्फत जानकारी दिन यस्तो सेवा सुरु गरिएको टीडीओ नेपालले जनाएको छ । वेबसाइटमा च्याट गर्न मिल्ने सुविधा रहेकाले र यसले लक्षणको बारेमा जानकारी दिने र कोरोना हो या होइन भनेर जान्न थप सहज हुनेछ ।
प्रयोगकर्ताले डाक्टरसँग प्रश्नोत्तर पनि गर्न पाउनेछन् । टीडीओ नेपालले ३ हजार बिरामीको गुनासो सम्बोधन गरेको पनि दावी गरेको छ ।
सेवा कसरी प्रयोग गर्ने ?
- www.nepalfightscorona.com/ खोल्नुहोस्
- लक्षण जाँचकर्ता रोज्नुहोस र प्रश्नहरुको जवाफ दिनुहोस ताकि तपाईंले कोभिड-१९ परीक्षणको लागि अस्पताल जानुपर्छ कि पर्दैन भनेर थाहा पाउन सक्नुहुन्छ । च्याटबोट आधारित प्रश्न र उत्तर उपकरण जुन डब्लूएचओ र स्वास्थ्य मन्त्रालयहरुले प्रकाशन गरेको निर्देशिकाहरु अनुरुप निर्माण गरिएको छ ।
- निशुल्क परामर्शको लागि–च्याट विजेटमा क्लिक गर्नुहोस् र टिडीओ डाक्टरहरु बाट टेलिफोन परामर्शको लागि अपोइन्टमेन्ट पाउनुहोस् ।
-अन्य सेवाहरुमा कोभिड-१९ बारे बारम्बार सोधिने प्रश्नहरु, परीण केन्द्रहरुको सूची र हेल्पलाइन नम्बरहरु छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।