कोरोना सङ्क्रमित युवतीसँगै जहाजमा कतारबाट आएका खोटाङका एक युवकको कोरोना रिपोर्ट नेगेटिभ

 चैत २४, २०७६ सोमबार १५:३०:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ - कतारबाट नेपाल फर्किएका खोटाङका दुई जनामध्ये एकजनाको स्वाब परीक्षण (कोभिड–१९) रिपोर्ट नेगेटिभ आएको छ । 

फ्रान्सबाट कतार हुँदै गएको चैत ४ गते नेपाल आएकी कोरोना सङ्क्रमित युवती आएकै जहाजमा आएका जन्तेढुंगा गाउँपालिका–३ का ती युवकको नमुना (स्वाब) परीक्षण कोरोना नेभेटिभ देखिएको हो । 

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उनको स्वाब परीक्षण गरिएको थियो ।  उनको नमूना संकलन गरेर परीक्षणका लागि चैत २१ गते राति धरान पुर्याइएको थियो । 

घर आएको १४ दिनभन्दा बढी बितिसकेको भए पनि संक्रमण भए/नभएको यकिन गर्न उनको स्वाब परीक्षणमा पठाइएको थियो । विदेशबाट आएर घरैमा बसिरहेका उनलाई गाउँपालिकाको पहलमा गएको चैत १२ गतेदेखि होम क्वरेन्टीनमा राखिएको छ ।

त्यही जहाजबाट फर्किएका केपीलासगढी गाउँपालिकाका एक जनालाई भने धरानमा क्वरेन्टीनमा राखिएको छ। 

अन्तिम अपडेट: बैशाख ६, २०७७

तपाईको प्रतिक्रिया