नेपाली कांग्रेसद्वारा मुख्यमन्त्री राहत कोषमा ४० लाख सहयोग

 चैत २४, २०७६ सोमबार १७:४८:४ | उज्यालो सहकर्मी
unn.prixa.net

बारा – नेपाली कांग्रेस बाराले प्रदेश नम्बर-२ को मुख्यमन्त्री राहत कोषमा ४० लाख ७५ हजार रुपैयाँ सहयोग गरेको छ ।

नेपाली कांग्रेसका बारा जिल्ला सभापति जयचन्द्र चौरसिया नेतृत्वको टोलीले सोमबार जनकपुर पुगेर ४० लाख ७५ हजारको चेक मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरेको हो । 

कार्यक्रममा नेपाली कांग्रेस प्रदेश नम्बर-२ संसदीय दलका नेता रामसरोज यादव, कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेशराय यादव, नेपाल प्रेस युनियन बाराका अध्यक्ष श्यामबाबु यादव लगायतको उपस्थित रहेको नेपाल तरुण दलका अध्यक्ष लोकेश सिंहले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया