फाइनलअघि नेपाल र म्यानमारबीच बराबरी
फागुन ११, २०८१ आइतबार
काठमाण्डौ - स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसको त्रास बढेको कैलाली, कञ्चनपुर र बाग्लुङमा क्वरेन्टीनमा रहेका सबै जनाको स्वास्थ्य परीक्षण गर्ने भएको छ ।
क्वरेन्टीनमा रहेका सबैको स्वास्थ्य परीक्षण गर्न टोली त्यसतर्फ गइसकेको मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बताउनुभयो । उहाँका अनुसार अहिले कोरोनाको जोखिम बढेकाले क्वरेन्टीनमा रहेका सबैजनाको स्वास्थ्य परीक्षण गर्न लागिएको हो ।
कोरोना भाइरसको आशंकामा १६ सय ९७ जनाको स्वास्थ्य परीक्षण भएको छ । यीमध्ये अहिलेसम्म नेपालमा ९ जनालाई कोरोनाको संक्रमण भएको पुष्टि भएको छ । यस्तै अहिले कोरोनाको आशंकामा काठमाण्डौमा १२ र काठमाण्डौबाहिर ९५ जना गरी १ सय सात जनाको आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।
यसैबीच, देशभर अहिले ९ हजार एक सय ६८ जनालाई क्वरेन्टीनमा राखिएको छ । यस्तै, विदेशबाट आएकाको नमूना परीक्षणका लागि सेना र सशस्त्र प्रहरीको सहयोग लिइने निर्णय भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो ।
उहाँले काठमाण्डौसहित १० ठाउँबाट कोरोनाको नमूना परीक्षण थालिएको पनि जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।