औषधि र खाद्यान्नको अभाव छैन : सरकार

 चैत २४, २०७६ सोमबार २०:६:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

सरकारले औषधि र खाद्यान्नको कुनै अभाव नभएको बताएको छ ।

आज भएको पत्रकार सम्मेलनमा उद्योगमन्त्री लेखराज भट्टले लक डाउन भए पनि अत्यावश्यक औषधि र खाद्यान्नको कुनै अभाव नभएको दावी गर्नुभएको हो । उहाँले ६ महिनासम्मलाई पुग्ने औषधि रहेको र औषधि उत्पादन गर्न आवश्यक कच्चा पदार्थको पनि आपूर्ती भईरहेकाले कुनै समस्या नहुने दाबी गर्नुभयो ।

यस्तै, १० महिनालाई पुग्ने नुन, ३ महिनालाई पुग्ने चिनी र अन्य खाद्यान्न पनि मौज्दातमा रहेको उद्योग मन्त्री भट्टले बताउनुभयो । यस्तै, ग्यास र पेट्रोलिय पदार्थको आपूर्ति पनि सजिलै भइराखेकाले समस्या नभएको उहाँले बताउनुभयो ।

उहाँले गृह मन्त्रालयमार्फत स्थानी सरकारलाई सक्रिय बनाएर अनुगमन गरी जहाँ जे सामग्रीको अभाव छ त्यहीँ आपूर्तिको व्यवस्था मिलाउने पनि जानकारी दिनुभयो । यस्तै काठमाडौं उपत्यकाका मुख्य ५ ठाउँमा छिट्टै पसल खुलाउने तयारी पनि भईरहेको उहाँले दाबी गर्नुभयो ।

यसैबीच, कालोबजारी रोक्न लगातार अनुगन भइरहेको भन्दै उहाँले पछिल्लो समय ठगी गर्ने व्यापारीलाई ५६ लाख ३० हजार रुपैयाँ जरिबाना तिराएको पनि जानकारी दिनुभयो । कालोबजारी र बजारमा कृत्रिम अभाव गर्ने गराउनेलाई कडा भन्दा कडा सजाय गर्ने पनि उद्योग मन्त्री लेखराज भट्टको दावी  छ ।

अन्तिम अपडेट: फागुन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया