वीरेन्द्रनगरमा कोरोना प्रतिकार्यका लागि दुई करोड रुपैयाँको कोष

 चैत २४, २०७६ सोमबार २०:२७:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

सुर्खेत - वीरेन्द्रनगर नगरपालिकाले दुई करोडको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण र उपचार कोष स्थापना गरेको  छ ।

नगरपालिकाको सोमबार बसेको कार्यपालिकाको बैठकले विकास योजनाको रकम रकामान्तर गरेर कोष स्थापना गरेको हो । साथै संघसंस्था र व्यक्तिहरुलाई पनि नगरपालिकाले कोषमा सहयोग गर्न आग्रह गरेको छ । 

यस्तै नगरपालिकाले नगरक्षेत्र भित्र अत्यावश्यक खाद्य वस्तु बाहेक तरकारी दूध जस्ता पदार्थहरु अन्य पालिकाबाट आयातमा रोक लगाएको छ ।  वडा कार्यालयले  व्यवस्थापन गर्ने गरी क्रमशः वडाहरु र टोलहरु लकडाउन गर्न सकिने ब्यवस्था निर्णय पनि नगरपालिकाले गरेको  छ। 

यस्तै नगरपालिकाले कोरोना संक्रमण विरुद्धको ब्यवस्थापनमा खटिने कुनै कर्मचारीलाई कोरोना संक्रमण भए निशुल्क उपचार गर्ने र ज्यान गए परिवारलाई १० लाख रुपैयाँ  राहत तथा क्षतिपुर्ति दिने निर्णय पनि गरेको छ ।  साथै नगरपालिकाले नगरक्षेत्र भित्र किटनाशक औषधि छर्ने काम पनि गरिरहेको जनाएको छ ।

यस्तै नगरपालिकाले लकडाउनमा समस्या परेका विपन्न परिवारलाई अहिलेसम्म ९३ लाख २५ हजारको खाद्यनन् वितरण गरिसकिएको नगरउपप्रमुख मोहनमाया ढकालले जानकारी दिनुभयो ।     

अन्तिम अपडेट: फागुन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया