मुम्बईको वोकहर्ट अस्पतालका २६ जना नर्स र तीन जना डाक्टरमा कोरोना सङ्क्रमण पुष्टि

 चैत २५, २०७६ मंगलबार ६:५२:५१ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ - भारतको मुम्बईमा रहेको वोकहर्ट अस्पतालका २६ जना नर्स र तीन जना डाक्टरमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पताललाई प्रतिबन्धित क्षेत्र घोषणा गरिएको छ । अस्पताल बन्द गरिएको छ ।

अहिले अस्पतालमा रहेका अरु कर्मचारीको पनि कोरोना भाइरस (कोभिड१९) परीक्षण भइहेको र उनीहरुको रिपोर्ट आएपछि मात्रै अस्पताल खोल्ने वा नखोल्ने भन्नेबारेमा प्रशासनले निर्णय गर्ने समाचार संस्था एएनआईले जनाएको छ ।

सङ्क्रमण पुष्टि भएका नर्स र डाक्टरलाई अधेरीको एउटा अस्पतालमा उपचारको लागि लगिएको छ । अस्पतालमा भर्ना भएका एक सङ्क्रमितबाट नर्समा र नर्सबाट अरु कर्मचारीमा सङ्क्रमण फैलिएको हुन सक्ने आशङ्का गरिएको छ । यसबारेमा अनुसन्धानको लागि निर्देशन पनि दिइसकिएको छ ।

अहिलेसम्म २ सय ५० जनाको कोरोना परीक्षणको लागि नमुना सङ्कलन गरिएको छ । भारत मध्य प्रदेशको राजधानी भोपालमा पूरै लकडाउन लागु भएको छ । शहरको सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको भारतीय सञ्चारमाध्यमले  जनाएका छन्। 

औषधि पसल, दूध र ग्यास पाइने निकाय मात्र खुल्न दिइएको छ । स्थानीय प्रशासनले तरकारी र किराना पसल पनि बन्द गराएको छ । केन्द्र सरकारको निर्देशन विपरीत अत्याश्यक सामान पाइने पसल पनि बन्द गरिएको खबरमा उल्लेख छ । 

भोपालमा सोमबार एकैदिन १४ जनामा कोरोना पुष्टि भएपछि लकडाउनको घोषणासँगै कडा प्रतिबन्ध लगाइएको हो ।

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • Bhoj Gaha

    April 7, 2020, 7:34 a.m.

    Get well soon

  •  0 Reply
  • dhama paudyal

    April 7, 2020, 7:18 a.m.

    अब चाही इन्डियाको मात्र होइन नेपाल को पनि प रिस्थिती भयाबह हुने संकेत आयो । त्यता तिर दशौ हज्जार नेपाली छन । कतिपय नेपाली त्यहाँ बाट फर्केर नेपाल प्रबेस गरी सकेका छन ।

  •  0 Reply

तपाईको प्रतिक्रिया