फाइनलअघि नेपाल र म्यानमारबीच बराबरी
फागुन ११, २०८१ आइतबार
काठमाण्डाै – लकडाउन उल्लङ्घन गर्ने पाँच सय ५० भन्दा धेरैलाई प्रहरीले काठमाण्डाै उपत्यकाबाट नियन्त्रणमा लिएको छ ।
मङ्गलबार बिहान ७ बजेसम्ममा काठमाण्डाैबाट सबैभन्दा धेरै पाँच सय ३६, ललितपुरबाट १५ र भक्तपुरबाट आठ जना गरी पाँच सय ५९ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरुलाई अत्यावश्यक काम बाहेकका लागि हिँडेको पाइए केही बेर बाटोमै उभ्याउने र सम्झाइ बुझाइ गरेर छाड्ने गरिएको छ ।
यस्तै लकडाउन उल्लङ्घन गर्दै चलाएका चार सय १३ वटा गाडी पनि प्रहरीले नियन्त्रणमा लिएको छ । ट्राफिक प्रहरीले यी गाडी अत्यावश्यक बाहेकमा कामका लागि चलाएको पाइए दिनभरि होल्ड गरेर बेलुकीमात्रै फिर्ता गर्ने गरेको छ ।
विश्वव्यापी रुपमा फैलिएकाे काेराेना भाइरस (काेभिड १९) राेकथामका लागि सरकारले लकडाउन घाेषणा गरेकाे छ । सरकारले पहिलाे पटक एक हप्ताका लागि घाेषणा गरेकाे लकडाउन थप दुई पटक लम्ब्याएकाे छ । नयाँ सूचना अनुसार आउँदाे वैशाख ३ गतेसम्म लकडाउन घाेषणा गरिएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।