फाइनलअघि नेपाल र म्यानमारबीच बराबरी
फागुन ११, २०८१ आइतबार
काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण रोक्न सरकारले गर्ने कुनै पनि काममा अनियमितता र भ्रष्टाचार गर्नेलाई निर्ममतापूर्वक कारबाही गर्ने बताउनुभएको छ ।
राष्ट्रका नाममा सम्बोधन गर्दै उहाँले भ्रष्टाचार हुन नदिने अहिलेको सरकारको प्रतिबद्धता रहेको उल्लेख गर्दै कहीँ कतै अनियमितता र भ्रष्टाचारजन्य काम भेटिए निर्मममतापूर्वक कारबाही गर्ने बताउनुभएको हो । अहिलेको चुनौतीपुर्ण अवस्थामा सामान्य अवस्थाको जस्ता नियमित प्रक्रिया पर्याप्त नहुने भए पनि सरकारका काम कारबाही विधिसम्मत हुनैपर्ने र सुशासनको मानकमा खरो उत्रनै पर्ने उहाँले बताउनुभयो ।
सरकारका काम संवैधानिक अङ्गहरुको सम्परीक्षणभन्दा माथि नहुने र तिनले गर्ने अध्ययन र फैसला सरकारले मान्नैपर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले कामै गर्न नसक्ने गरी र प्रक्रिया नै सुरु हुन नसक्ने गरी गरिने हल्ला र गलत प्रचारले अप्ठ्यारो अवस्थामा काम गरिरहेका व्यक्तिलाई निरुत्साहित गर्ने बताउनुभयो ।
सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आइरहेका खबर र टिका टिप्पणीप्रति आफू जानकार रहेको ओलीले बताउनुभयो ।
अहिले राष्ट्रिय र विश्वव्यापी सङ्कटको अवस्थामा एकजुट हुनुपर्ने बेलामा सरकारलाई असफल देखाउन गरिने प्रचारबाजी बेमौसमी बाजा जस्तो मात्र हुने र यस्तो काम प्रसंशनीय हुन नसक्ने प्रधानमन्त्रीको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।