कोभिड-१९ को लक्षण देखिए डर वा धक नमानी स्वास्थ्य संस्थामा जान सरकारको अनुरोध

 चैत २५, २०७६ मंगलबार १२:५८:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सरकारले कोरोना भाइरस (काेभिड १९) को सङ्क्रमण उपचारपछि निको हुने भएकाले लक्षण देखिए अस्पताल जान आग्रह गरेको छ ।

कोभिड १९ को सङ्क्रमण उपचारपछि निको हुने भएकाले कुनै लक्षण देखिए डर वा धक नमानी स्वास्थ्य संस्थामा जान स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनुरोध गरेको हो ।

कोभिड १९ उपचारको लागि पर्याप्त औषधि रहेको र आवश्यकता अनुसार आपूर्ति गर्दै जाने तथा उपकरण पनि ल्याउने प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ । यस्तै कोरोनाको लक्षण देखिएका व्यक्ति कतै लुकेर बसेको थाहा पाए पैसा नलाग्ने नम्बर १११५ वा ११३३ मा खबर गरिदिन पनि मन्त्रालयले अपिल गरेको छ ।

यस्तै कोरोनाको सङ्क्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने भएकाले लकडाउनको पूर्ण पालना गर्न तथा दैनिक उपभोग्य वस्तु किन्न जाँदा अनिवार्य मास्क (मुखावरण) लगाउन पनि मन्त्रालयले अनुरोध गरेको छ ।

 

अन्तिम अपडेट: फागुन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया