फाइनलअघि नेपाल र म्यानमारबीच बराबरी
फागुन ११, २०८१ आइतबार
उदयपुर - उदयपुरको कटारी नगरपालिका १० मा मकैको बिरुवामा अमेरिकी फौजी किराको प्रकोप देखिएको छ ।
अघिल्लो वर्षदेखि देखा परेको नयाँ प्रकारको प्रकोप यो वर्ष पनि देखिँदा चिन्ता बढेको कृषक ध्रुव बिष्टले बताउनुभयो । यस क्षेत्रका अधिकांश मकैको बिरुवा फौजी किराले टुक्रा टुक्रा बनाएको स्थानीय धर्मप्रसाद खनालले बताउनुभयो ।
उहाँका अनुसार सयौँ हेक्टर क्षेत्रफलमा लगाइएको मकैमा फौजी किराले नराम्ररी प्रभाव परेको छ । गोडमेल गर्ने बेला भएको मकैको बिरुवा फौजी किराले सखाप पार्दा भोकमरी हुने कृषकको चिन्ता छ ।
लकडाउनको समयमा विषादीसमेत नपाएकाले फौजी किराले बिरुवा नष्ट पारिसकेको अर्का कृषक सम्शेर बिष्टले बताउनुभयो । वध्यक्ष लिलानाथ भटराईले नगरपालिकामा जानकारी गराइसकेकाले प्राबिधिकको टोलीले अनुगमन गर्ने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।