भारतको सिलगुडीबाट आएका इलामका एक युवा क्वरेन्टीनबाटै भागे

 चैत २५, २०७६ मंगलबार १३:५६:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

इलाम – केही दिनअघि भारतको सिलिगुडीबाट इलाम आएर क्वरेन्टीनमा बसेका एक युवा झ्यालबाट हाम फालेर भागेका छन् । 

इलामको सन्दकपुर गाउँपालिका–३ सुलुबुङ्गका सरोज अधिकारी सोमबार राति क्वरेन्टीन वार्डको झ्यालबाटै हाम फालेर भागेका हुन् । इलाम नगरपालिका–६ सिंगफ्रिङ्गमा रहेको डा.मेघबहादुर पराजुली सामुदायिक अस्पतालमा स्थापना गरिएको क्वरेन्टीनमा भारत र विभिन्न देशबाट आएका तथा शंकास्पद अवस्थाका व्यक्तिहरुलाई राख्ने गरिएको छ । 

अधिकारीलाई गएको आइतबार जिल्ला अस्पताल इलामबाट भाइरस सङ्क्रमितको आशंकामा क्वरेन्टीनमा रेफर गरिएको थियो । भारतको सिलिगुडी क्षेत्रमा केही दिनअघि १ जनाको कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको थियो । त्यही ठाउँबाट अधिकारी नेपाल आएकाले भाइरस सङ्क्रमणको उच्च जोखिममा रहेको बताइएको छ । 

अधिकारीको स्वाब परीक्षण भइनसकेको अवस्थामै क्वरेन्टीनबाट भागेकोले उनलाई फेरि क्वरेन्टीनमा राख्नुपर्ने क्वारेन्टीन वार्डका इन्चार्ज सिनियर अ.हे.व. दिपक पौडेलले बताउनु भयो । 

अधिकारी भारतबाट नेपाल आएर इलाम नगरपालिका–५ मा रहेको काकाको घरमा बसेको नगरपालिकाका प्रशासकीय अधिकृत रामकुमार साहले जानकारी दिनुभयो । क्वरेन्टीनबाट भागेका अधिकारीलाई प्रहरीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक हीरा बहादुर पाण्डेले जानकारी दिनुभयो । 


 

अन्तिम अपडेट: फागुन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया