फाइनलअघि नेपाल र म्यानमारबीच बराबरी
फागुन ११, २०८१ आइतबार
बाजुरा - बाजुरा जिल्लाबाट कर्णाली प्रदेशसँग जोडिएका सबै नाकामा पर्ने पुलमा तारबारले बाटो छेकिएको छ ।
जिल्लाको स्वामीकार्तिक खापर, जगन्नाथ र हिमाली गाउँपालिकासँग जोडिएका कर्णली नदीका रहेका पुलहरुमा काँडेतारको बार लगाइएको छ । भारतबाट र शहरबाट आएकाहरु रातको समयमा समेत गाउँमा प्रवेश गर्ने जोखिम बढेकाले तारबार लगाइएको हो ।
बाजुराबाट हुम्लासँग जोडिएको कवाडी र जिमानाबाट देउसैन आउने बाटो, मुगु जाने बाटा,े बिनघाट, लेब्ड्री, झुगला, पुराना झुगला र स्वामीकार्तिक जाने बाटो चुलीगाड, पिलुघाट, बेर्मा र कालिकोटको जितेगडाको फेरि पनि अहिले पूर्णरुपमा बन्द गरीएको छ।
जिल्ला प्रशासन कार्यालय बाजुराले जिल्लाका नौ वटा स्थानीय तहबाट संकलन गरेको तथ्याङ्क हेर्दा चैत्र महिनामा मात्र भारतबाट आएकाहरुको संख्या एक हजार ४८ छ । दक्षिण कोरियाबाट एक जना, साउदी अरबबाट एक र बहराइनबाट एक जना गरी अन्तर्राष्ट्रिय उडाबाट तीन जना जिल्लामा आएको तथ्याङ्क रहेकोसहायक प्रमुख जिल्ला अधिकारी समिर भण्डारीले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘जिल्लाभरका १५ वटा क्वरेण्टीनमा एक सय १७ जना राखिएका छन् जसमा भारतबाट आएका मात्र ५४ जना रहेका छन् । भारतबाट आएकाहरु मुख्य बाटो प्रयोग नगरेर गाउँ जाने खतरा छ । त्यसैले पालिकाले पुलमा तारबार लगाएर बन्द गरेको हुनुपर्छ ।’
कर्णाली नदीको पारीपट्टि रहेको स्वामिकार्तिक खापर गाउँपालिका कर्णाली प्रदेशको मुगु र कालिकोट जिल्लासँग जोडिएको छ । त्यहाँ भारतबाट आउने सबै रुटबाट जानेहरुका लागि कर्णली पुलमा तारबार लगाइएको छ ।
‘कालिकोट, मुगु र धनगढीबाट आउने सबै बाटाहरु कर्णाली पुल तरेर जानु पर्छ । त्यसो भएकाले राति लुकेर आउने डरले पुलमा तारबार हालिएको हो’, स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष चिरन्जिबी शाहीले बताउनुभयो ।
बाजुराबाट हुम्ला र मुगु जिल्लामा जाने बाटोको कवाडी, र झुगलामा रहेका कर्णाली नदिमाथिको पुलमा हिमाली गाउँपालिकाले आवतजावतमा कडाइ गरेको छ ।
‘ बाहिर जिल्लामा आउने जानेहरु बाट रोग फैलने डर भएकाले यसो गर्नु परेको हो, भारत र शहरी क्षेत्रबाट आएर आफ्नो घर जानेहरु यही बाटो भएर जान्छन्’, हिमाली गाउँपालिकाका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताउनुभयो ।
जगन्नाथ गाउँपालिकाका रोजगार अधिकृत लक्ष्मण जोशीका अनुसार कालिकोट जिल्लाको जितेगडा भएर हुम्ला, मुगु र बाजुरा आउने यात्रुहरु समेत रातदिन हुल बाँधेर हिँड्न थालेपछि बीच बाटोमा पर्ने जगन्नाथ गाउँपालिकामा समस्या पर्नसक्ने देखेर कडाइ गरिएको हो ।
बाजुरा जिल्लाबाट कर्णाली प्रदेशसँग जोडिएका पुलहरुमा पनि काँडे तार लगाइएको छ । ‘यो रोग विश्वभर माजिसहरु एक ठाउँबाट अर्को ठाउँ आवतजावत गरेका कारण सरेको देखिन्छ । यहाँ त्यसो नहोस् भनेर तारबार गर्नु परेको हो’, जोशीले थप्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।