फाइनलअघि नेपाल र म्यानमारबीच बराबरी
फागुन ११, २०८१ आइतबार
काठमाण्डौ - गएको शनिबार एकैदिन तीनजना कोभिड-१९ को सङ्क्रमित भेटिएपछि आज मंगलबारसम्म कुनै पनि सङ्क्रमित नभेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नयाँ सङ्क्रमित फेला नपरेको बताउनुभएको हो । शनिबारयता २ सय ५५ जनाको परीक्षण गरिएको छ । शनिबारसम्म १ हजार ४ सय ४१ जनाको परीक्षण गरिएको थियो ।
यस्तै मंगलबारसम्म कुल १ हजार ७ सय ९६ जनाको परीक्षण भएको प्रवक्ता देवकोटाले बताउनुभयो । जसमध्ये ९ जनामा कोरोना भाइरस सङ्क्रमण फेला परेको छ भने एक जना उपचारपछि घर फर्किसकेका छन् ।
प्रवक्ता देवकोटाले उपचाररत ८ जनाको स्वास्थ्य अवस्था समान्य रहेको समेत बताउनुभयो । सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ ९० प्रतिशत सम्पन्न भएको समेत उहाँले बताउनुभयो ।
सङ्क्रमितको जोखिम उच्च भएका जिल्लाहरु कैलाली, कञ्चनपुर, र्यापिड डायगोनिस्टिक टेस्ट मार्फत परीक्षण सुरु गरिएको समेत उहाँले बताउनुभयो । जुम्ला र अछाममा पनि परीक्षणका लागि स्वाब लिने काम भइराखेको उहाँले बताउनुभयो ।
काठमाण्डौ उपत्यकाभित्र १६ जना र काठमाण्डौबाहिर ८४ जना आइसोलेसनमा रहेको र क्वरेन्टीनमा ९ हजार २ सय २८ जना रहेको प्रवक्ता देवकोटाले बताउनुभयो ।
रेड जोनमा मंगलबार १७ जना थपिएर १ सय ७२ जना पुगेको उहाँले बताउनुभयो । यसबाहेक काठमाण्डौ उपत्यकाका विभिन्न स्थानमा रहेका ३५ जना व्यक्तिहरुको नमूना संकलन समेत भएको उहाँले बताउनुभयो ।
विरेन्द्र सैनिक अस्पतालको संयुक्त मेडिकल टोलीले सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका अस्पतालहरुका २६ जना स्वास्थ्य कर्मीहरुलाई कोभिड-१९ सम्बन्धी तालिम दिने कार्य मंगलबार नै सम्मन्न भएको उहाँले बताउनुभयो ।
निजी स्वास्थ्य संस्थाका चिकित्सक तथा स्वास्थ्यकर्मिहरुलाई सरकारले आवश्यकताअनुसार परिचालन गरेर आ-आफ्नो तहअनुसार सुविधा दिने निर्णय गरेअनुसार काम अगाडि बढाइएको समेत उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।