फाइनलअघि नेपाल र म्यानमारबीच बराबरी
फागुन ११, २०८१ आइतबार
दोलखा - स्वदेशी लगानीमा निर्माण भइरहेको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको नियमित कार्य मंगलबारबाट फेरि सुरु भएको छ ।
कोरोना भाइरस (कोभिड १९) को संक्रमण विश्वभर फैलिँदै गएपछि आयोजनाको काम केहि समयदेखि रोकिएको थियो । तर आयोजनाको पावर हाउसका अत्यावश्यक काम भने सञ्चालन भइरहेको थियो ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पाखरेल नेतृत्वको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको यही २० गते बसेको बैठकले केही ठूला आयोजनाको काम जारी राख्न सक्ने निर्णय गरेको थियो ।
त्यसै निर्णय अनुसार मंगलबारबाट आयोजनाको सम्पूर्ण काम सुरु भएको प्रवक्ता डाक्टर गणेश न्यौपानेले जानकारी दिनुभयो । आयोजनाले काम रोकेपछि जिल्लावासी कामदार घर फर्किएका छन् ।
आयोजनामा नै नियमित बसोबास गरिरहेका करिव ६ सय कामदारले आजबाट काम सुरु गरेका हुन् ।
आयोजनामा कार्यरत कुल ८ सय कामदार मध्य करिव २ सय कामदार घर फर्किएका थिए । आयोजनामा हाल झण्डै ३ सय भारतीय कामदार, चाइनाका झण्डै ५० कामदार र बाँकी नेपाली कार्यरत छन् ।
उनीहरुलाई पूर्ण सर्तकता अपनाइ काममा लगाइएको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले जनाएको छ ।
आयोजनामा रहेका निर्माणका सामग्रीसहित आवश्यक सामग्रीले अबको २ सातासम्म धान्ने अनुमान गरिएको छ । आयोजनाका लागि अत्यावश्यक सामग्रीको आयात सहज नगरिए जटिलता पैदा हुने आयोजनाका प्रवक्ता डाक्टर न्यौपानेले बताउनुभयो ।
आयोजनाको जटिल मानिएको दुई वटा ठाडो सुरुङमा पाइप जडान गर्ने काममा अपेक्षित प्रगति नभएको बताइएको छ ।
कुल ६ सय ८३ मिटर लामो दुई वटा ठाडो सुरुङमध्ये कोरोना अघिसम्म कुल ४ सय ६३ मिटर पाइप जडान भइसकेको छ । कुल ३ सय १० मिटर लामो माथिल्लो ठाडो सुरुङमा १ सय ७५ मिटर पाइप जडान भएको छ ।त्यसमा अब १ सय ३५ मिटर पाइप जडान गर्न बाँकी छ ।
यस्तै कुल ३ सय ७३ मिटर लामो तल्लो ठाडो सुरुङमध्ये कुल २ सय ९० मिटरमा पाइप जडान भएको छ ।
सुरुङमा अब ८३ मिटर पाइप जडान गर्न बाँकी छ । समग्रमा दुवै सुरुङको झन्डै २ सय २० मिटर पाइप जडान कार्य बाँकी रहेको आयोजनाका प्रवक्ता डाक्टर न्यौपानेले जानकारी दिनुभयो ।
कुल ४ सय ५६ मेगावाट क्षमताको त्यस आयोजनाको कुल भौतिक प्रगति ९९ दशमलव ४ प्रतिशत पुगेको छ ।
आउँदो असारभित्र सबै बाँकी काम पूरा गरेर पहिलो युनिट सञ्चालन गर्ने तयारी गरिएको छ । पहिलो युनिट सञ्चालनमा आएपछि क्रमशः अन्य युनिट पनि राष्ट्रिय प्रणालीमा जडान गर्दै जाने लक्ष्य राखिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।