फाइनलअघि नेपाल र म्यानमारबीच बराबरी
फागुन ११, २०८१ आइतबार
काठमाण्डौ - नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले कोभिड-१९ को कारण राष्ट्र बैंकमाथि चुनौती थपिएको बताउनुभएको छ ।
मंगलबार पदभार ग्रहण गरेपछि पत्रकारहरुसँग कुरा गर्दै नवनियुक्त गभर्नर अधिकारीले कोभिड-१९ को असर अर्थतन्त्रमा पर्ने र त्यसको प्रत्यक्ष चुनौती राष्ट्र बैंकमाथि हुने बताउनुभएको हो ।
उहाँले वित्तीय क्षेत्रलाई खराब अवस्थामा जान नदिन र नागरिकको विश्वासलाई जोगाउनका लागि धेरै खालका वित्तीय उपकरणहरु प्रयोग गरिने समेत बताउनुभयो ।प्रधानन्यायाधीस चोलेन्द्र शम्शेर जबरासमक्ष मंगलबार बिहान सपथ ग्रहण गरेपछि गभर्नर अधिकारी बालुवाटारमा रहेको केन्द्रीय बैंकको कार्यालय पुगेर पदभार ग्रहण गर्नुभएको हो ।
मन्त्रिपरिषद्को सोमबारको बैठकले अधिकारीलाई नेपाल राष्ट्र बैंकको १७ औं गभर्नरको रुपमा नियुक्त गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।