फाइनलअघि नेपाल र म्यानमारबीच बराबरी
फागुन ११, २०८१ आइतबार
काठमाण्डौ - सर्वोच्च अदालतले नेपाल–भारत सिमानामा रहेका नेपालीलाई नेपाल ल्याएर मापदण्ड अनुसार क्वरेन्टीनमा राख्न सरकारलाई आदेश दिएको छ ।
नेपाल ल्याएर तत्काल क्वरेन्टीनमा राख्ने सम्भावना नभएमा भारतसँग तत्काल समन्वय गरी लकडाउन अवधिसम्मका लागि उनीहरुको खाने, बस्ने र उपचारको व्यवस्थापन मिलाउन पहल गर्न पनि सर्वोच्चले भनेको छ ।
यस्तै क्वरेन्टीनमा रहेका व्यक्तिलाई डब्लूएचओको मापदण्ड अनुसार स्वास्थ्य उपचारलगायत सेवा उपलब्ध गराउन पनि सर्वोच्चले सरकारको नाममा आदेश दिएको छ ।
विदेशमा रहेका नेपालीको भिषा सकिएको वा राहदानीको म्याद सकिएको कारणले समस्या परेको भएसम्बन्धित देशसँग समन्वय गरी उनीहरुको बसाइँ सहज बनाउन पनि सरकारलाई सर्वोच्चको निर्देशन छ ।
यस्तै सर्वोच्च अदालतले विवदेशमा रहेका तर नेपाल आउन चाहने नेपालीलाई सम्बन्धित देशसँग कुटनीतिक माध्यमबाट समन्वय गरी नेपाल ल्याउने आवश्यक व्यवस्था गर्न भनेको छ ।
उनीहरु सबैको व्यक्तिगत विवरण राखेर मात्रै नेपाल प्रवेश गराउनुपर्ने र नेपाल ल्याउन सम्भव नभए उनीहरुको व्यवस्थापनमा पहल गर्न सर्वोच्चको आदेश छ ।
सर्वोच्चले विश्वभर कोरोना भाइरस फैलिरहेको समयमा नेपालले आफ्नो नागरिकको सुरक्षामा प्रयत्नसिल भैरहे पनि त्यो प्रयास प्रयाप्त रहनेको नदेखिएको जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।