चितवन दुर्घटना अपडेट : ज्यान गुमाएका दुवै जनाको पहिचान खुल्यो
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – विश्वका विभिन्न देशमा फैलिएको कोरोना भाइरस (काेभिड १९) बाट सङ्क्रमित भएकामध्ये तीन लाखभन्दा धेरै मानिस उपचारपछि निको भएका छन् ।
दुई सय ९ देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिएकाे काेराेनाबाट १४ लाख २५ हजार सात सय १६ जनामा सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये तीन लाख एक हजार आठ सय २८ जना उपचारपछि निको भएका छन् । १० लाख ४१ हजार ९ सय २० जनाको उपचार भइरहेको छ । त्यस्तै ८१ हजार ९ सय ६८ जनाको ज्यान गएको छ ।
गएको २४ घण्टामा अमेरिकामा मात्रै झण्डै दुई हजार जनाको ज्यान गएको छ । एक हजार ९ सय १९ जनाको ज्यान गएसँगै अमेरिकामा ज्यान गुमाउनेको सङ्ख्या साढे १२ हजारभन्दा धेरै भएको छ । ३ लाख ९५ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै फ्रान्समा पनि एकैदिन एक हजारभन्दा धेरैको ज्यान गएको छ । फ्रान्समा ज्यान गुमाउनेको सङ्ख्या १० हजार भएकाे छ । इटलीमा १७ हजारभन्दा धेरै, स्पेनमा १४ हजारभन्दा धेरैको ज्यान गएको छ ।
गएको २४ घण्टामा विश्वका विभिन्न देशमा सात हजार तीन सय १४ जनाको ज्यान गएको छ भने ७९ हजार ६ सय ८० जना नयाँ बिरामी थपिएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।