फाइनलअघि नेपाल र म्यानमारबीच बराबरी
फागुन ११, २०८१ आइतबार
काठमाण्डौ - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले घोषणा गरेको 'लकडाउन'को पालना गर्न र समाजिक दूरी कायम गर्न अपिल गर्नुभएको छ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट जोगिन सरकारले लागू गरेको आदेशहरुको पालना गर्न र समाजिक दूरी कायम गर्न सम्पूर्ण नेपालीहरुलाई अपिल गर्नुभएको हो ।
देउवाले सीमा पारी अलपत्र परेका नागरिकलाई उद्दार गरी क्वरेन्टीनमा राख्न समेत सरकारलाई आग्रह गर्नुभएको छ ।
सरकारलाई पारदर्शी रुपमा स्वास्थ्य सामग्रीको खरिद गर्न र कति दिन लकडाउन गर्नुपर्ने हो त्यसको अध्ययन गरेर अगाडि बढ्न समेत सरकारलाई अनुरोध गर्नुभएको छ ।
सम्बन्धित समाचार
![]() |
खाडीका देश र मलेसियामा कोरोना सङ्क्रमितको सङ्ख्या १३ हजार नाघ्यो, कोरोनाको शंका लागे यी नम्बरमा सम्पर्क गर्नुहोस् |
सरकारले आशंका लागेका सबै नागरिकको परीक्षण गर्ने व्यवस्था मिलाउन तत्काल काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीहरुलाई समेत उच्च सतर्कता अपनाएर काम गर्न सभापति देउवाले आग्रह गर्नुभएको छ ।
यस्तै नेपाली कांग्रेसका सम्पूर्ण सदस्य एवं कार्यकर्ताहरुलाई उच्च सतर्कताका साथ प्रचार-प्रसारमा लाग्न र जनतामा सचेतना फैलाउन समेत आग्रह गर्नुभएको छ ।
राजनीतिक दल सुवेच्छुक संस्थाहरुलाई देहमा भित्रिएको संकटमा एकजुट भएर लाग्न समेत आग्रह गर्नुभयो । विदेशमा रहेका नेपाली नागरिकहरुलाई उच्च सतर्कताका साथ स्वास्थ्यको ख्याल गर्न समेत अपिल गर्नुभएको छ ।
सभापति देउवाले विदेशमा कोरोना संक्रमणबाट भएको नेपालीहरुको मृत्युप्रति सभापति देउवाले दुःख समेत व्यक्त गर्नुभएको छ । उहाँले मृतकका परिवारजनमा हार्दिक समवेदना प्रकट गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।