कच्चा दूधमा बर्ड फ्लूको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटिएको डब्लुएच...
बैशाख ८, २०८१ शनिबार
काठमाण्डौ - काठमाण्डौमा रहेको समता स्कुल तथा कलेजका प्रिन्सिपल अजय अधिकारी सुशीलले सामाजिक सञ्जालमा भिडियोमार्फत कोरोना संक्रमणबाट बच्ने उपायबारे सन्देशमूलक जानकारी दिन थाल्नुभएको छ ।
सन्देशमूलक भिडियो तयार गरी हरेक दिन सामाजिक सञ्जाल फेसबुक, टिकटक लगायतमार्फत सन्देश प्रवाह गर्ने काम भैरहेको अधिकारीले बताउनुभयो ।
https://m.facebook.com/story.php?story_fbid=3169632169748212&id=100001043813025
विशेषगरी बालबालिकाहरुलाई स्वास्थ्य सम्बन्धमा सचेत गराउनुपर्ने र भेटघाट पनि बन्द भएकोले सामाजिक सञ्जालमार्फत आफूले सचेतनामूलक भिडियो तयार गरी प्रवाह गरिरहेको अधिकारीको भनाइ छ ।
https://m.facebook.com/story.php?story_fbid=3167675179943911&id=100001043813025
टिकटकलाई मनोरञ्जनको साधन मात्रै बनाइएकोले यस्तो अवस्थामा यसलाई सन्देशमूलक सामग्री निर्माण गर्ने थलोको रुपमा पनि आफूले प्रयोग गरिएको उहाँले बताउनुभयो ।
https://m.facebook.com/story.php?story_fbid=3163145047063591&id=100001043813025
अधिकारीले बनाउनुभएका मनोरञ्जनात्मक कोरोना भाइरस विशेष चेतनामूलक सामग्रीलाई धेरैले रुचाएका छन् । उहाँले भिडियोमार्फत सन्देश प्रवाहसँगै राहतका कार्यक्रमहरुलाई पनि अघि बढाउनुभएको छ ।
https://m.facebook.com/story.php?story_fbid=3164886633556099&id=100001043813025
मंगलबार मात्रै उहाँ संस्थापक सदस्य रहेको नवजीवन परोपकार समाज मार्फत तारकेश्वर नगरपालिकाभित्र रहेका विपन्न वर्ग र केही आश्रमका ५ सय भन्दा धेरै बालबालिकालाई अधिकारीले मास्क वितरण गर्नुभएको छ ।
खाडीका देश र मलेसियामा कोरोना सङ्क्रमितको सङ्ख्या १३ हजार नाघ्यो, कोरोनाको शंका लागे यी नम्बरमा सम्पर्क गर्नुहोस् |