फाइनलअघि नेपाल र म्यानमारबीच बराबरी
फागुन ११, २०८१ आइतबार
काठमाण्डाै – सरकारले अवैतनिक दूतलाई उपलब्ध गराउँदै आएकाे कूटनीतिक सुविधा खोसेको छ ।
अवैतनिक दूतले पटक पटक आफ्नो ओहोदा र सुविधाको दुरुपयोग गरेको पाइएको भन्दै परराष्ट्र मन्त्रालयले अवैतनिक दूतलाई उपलब्ध गराउँदै आएकाे गाडीको निलो प्लेट, झण्डाको उपयोग, सिंहदरबार प्रवेश पास, विमानस्थलकाे भीभीआईपी कक्ष लगायतकाे सुविधा खोसेको जनाएको छ ।
मन्त्रालयले विज्ञप्ति निकालेर अवैतिनक दूतलाई औपचारिक कार्यक्रमको लागि उपलब्ध गराएको सुविधा अरु समयमा पनि प्रयोग भएपछि सुविधा फिर्ता गरेको जनाएको छ । मन्त्रालयले अर्को सूचना नआएसम्मको लागि उनीहरुलाई उपलब्ध गराउँदै आएको सुविधा खोसेको जानकारी गराएको हो ।
गएकाे मङ्गलबार किर्गिस्तानका अवैतनिक दूत सुलभ अग्रवालले त्यही हैसियतमा कूटनीतिक सुविधा पाउने गाडी प्रयोग गरी ज्वरो नाप्ने यन्त्रको कालोबजारी गरिरहेको अवस्थामा पक्राउ गरेपछि सरकारले अवैतनिक दूतलाई उपलब्ध गराउँदै आएको कूटनीतिक सुविधा खोसेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Phurba
April 9, 2020, 11:21 a.m.Very good. Such actions are needed.
Sapkota Nabin
April 9, 2020, 6:46 a.m.अब सरकारले यसरी नै कडा निगरानी राख्नु पर्छ तब मात्र देश केहि माथिल्लो खुड्किलो उक्लिन सफल हुने छ।।