फाइनलअघि नेपाल र म्यानमारबीच बराबरी
फागुन ११, २०८१ आइतबार
काठमाण्डाै – सरकारले ‘लकडाउन’को अवधिमा घरमै बसेका सरकारी कर्मचारीलाई १० बुँदे निर्देशन दिएकाे छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै राष्ट्रसेवक कर्मचारीका नाममा निर्देशन दिएकाे हाे ।
निर्देशनमा आफूभन्दा एक तहमाथिको कर्मचारीसँग नियमित सम्पर्कमा रहन, टेलिफोन तथा इन्टरनेटसँग सम्बन्धित सूचना प्रविधिका साधनहरू प्रयोग गरी घरमै बसेर गर्न सकिने कार्यहरू कार्यालय प्रमुख तथा सुपरिवेक्षकसँग समन्वय गरी सम्पन्न गर्न, भनिएकाे छ । कोभिड १९ बाट सुरक्षित रहने तथा आफ्नो परिवारका सदस्य र आफ्नो सम्पर्कमा रहेका व्यक्तिहरूलाई नेपाल सरकारले दिएका निर्देशनको पूर्ण पालना गर्न सहयोग र सहजीकरण गर्न निर्देशन दिइएकाे छ ।
त्यस्तै आफू बसेको ठाउँ वरिपरि ‘लकडाउन’ सुरु भएको मितिपछि कोभिड १९ बाट प्रभावित ठाउँबाट आएका व्यक्ति अनावश्यक रूपमा घुमफिर गरेको पाइएमा तिनलाई क्वरेण्टीनमा बस्न अनुरोध गर्ने र त्यसरी अनुरोध गर्दा पनि बाहिर हिँडडुल गरेको पाइएमा सम्बन्धित वडा कार्यालयमा जानकारी गराउन भनिएको छ ।
साथै सरकारी निकाय तथा पालिकाबाट सञ्चालन गरिएका लगत सङ्कलन, राहत वितरण जस्ता कार्यमा सहयोग पुर्याउन, दैनिक उपभोगका वस्तुहरूको मूल्य अस्वाभाविक रूपमा बढेको पाइएमा जानकारी गराउन, अनावश्यक रूपमा कुनै पनि व्यक्तिलाई बाहिर ननिस्कन अनुरोध गर्न तथा सावधानीका उपाय सिकाउन पनि सरकारले घर बसेका कर्मचारीलाई निर्देशन दिएको छ ।
यस्तो छ १० बुँदे निर्देशन-
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।