काभ्रेको भुम्लुमा लालपुर्जाको समस्या रहेका बासिन्दासँग पुनः नि...
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – चीनको वुहान शहर सामान्य जनजीवनमा फर्किन थालेको छ । गएको वर्षको डिसेम्बर महिनाकाे अन्तिममा कोरोना भाइरस (काेभिड १९) को सङ्क्रमण पहिलो पटक देखिएको वुहान शहरमा अहिले अवस्था नियन्त्रणमा आएको चीनले दाबी गरेको छ ।
योसँगै वुहानमा ७६ दिनदेखिको लकडाउन अन्त्य भएपछि शहर सामान्य जनजीवनमा फर्किन थालेको हो । वुहानले आफ्नो सीमा खुला गरेको छ । हुबेई प्रान्तको राजधानी वुहानका स्वस्थ बासिन्दा तथा बाहिरबाट त्यहाँ पुगेकाहरुलाई बुधबारदेखि हिँड्न दिइएको छ । बुधबारदेखि रेलवे तथा विमान सेवा चलेका छन् ।
यस्तै राजमार्गका प्रवेशद्वारहरु खुला गरिएका छन् । तर केही प्रतिबन्ध भने कायमै छन् । सङ्क्रमण फेरि फैलिन सक्ने जोखिम रहेको भन्दै सरकारी अधिकारीले सावधानी अपनाउन आग्रह गरेका छन् ।
काेराेनाकाे सङ्क्रमणबाट चीनमा अहिलेसम्म तीन हजार तीन सय ३३ जनाकाे ज्यान गएकाे छ । ८१ हजार आठ सय दुई जना सङ्क्रमित भएकाेमा तीमध्ये ७७ हजार दुई सय ७९ उपचारपछि घर फर्किएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।