काेराेना महामारी : भाइरसकाे 'राजनीतिकरण' बन्द गर्न आग्रह

 चैत २७, २०७६ बिहीबार १०:०:४४ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस (काेभिड १९) काे महामारीमा राजनीति नगर्न आग्रह गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य सङ्गठनले चीनको पक्षमा काम गरेको भन्दै अमेरिकाले सङ्गठनलाई दिँदै आएको सहयोग रोक्ने धम्की दिएपछि सङ्गठनका महानिर्देशक टेड्रोस अडानोम गेबेरियसले कोरोना महामारीमा राजनीति नगर्न आग्रह गर्नुभएको बीबीसीले जनाएको छ ।

महानिर्देशक गेबेरियसले विश्व स्वास्थ्य सङ्गठनको कामको बारेमा बोल्दै अमेरिकी राष्ट्रपतिले निरन्तर आरोप लगाइरहेको बताए । उनले अमेरिकी राष्ट्रपतिको आरोपकाे खण्डन गर्दै सङ्गठन सबै देशको नजिक रहेको भनाइ राखे । 

विश्व स्वास्थ्य सङ्गठनका एक सल्लाहकारले सुरुवातमा रोगबारेको यथार्थ बुझ्नको लागि चीनसँगको एक तहको निकटता रहेको भए पनि अहिले महामारी नियन्त्रणका लागि सङ्गठन सबै देशसँग उत्तिकै निकट रहेको बताएकाे खबरमा उल्लेख छ ।

महानिर्देशक गेबरेसियसले विश्वभरका सबै दलहरुले आफ्नो ध्यान नागरिकहरुलाई बचाउनमा केन्द्रित गर्नुपर्ने भन्दै धेरै मानिसको ज्यान जोगाउनुका लागि महामारीको विषयमा राजनीति गर्न नहुने बताए । उनले एकता नदेखाएमा विकसित देशले अझै धेरै समस्या र सङ्कटको सामना गर्नुपर्ने चेतावनी समेत दिए ।

विश्व स्वास्थ्य सङ्गठनले गएको जनवरी ३० तारिखमा कोरोनालाई लिएर स्वास्थ्य आपत्काल घोषणा गरेको थियो । त्यसअघि नै विश्वलाई समेच गराएको सङ्गठनले कोरोनालाई विश्वव्यापी महामारी घोषणा गरेर अहिले आफ्नो ध्यान कोरोनाको सङ्क्रमण रोकथाममा केन्द्रित गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसललाई 'चिनियाँ भाइरस' भन्नुको साथै चीनमाथि विभिन्न आरोप लगाइरहेका छन् । गएको मङ्गलबार विश्व स्वास्थ्य संगठनले चीनको पक्षमा काम गरेको भन्दै अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई दिने सहयोग रोक्ने ट्रम्पले चेतावनी दिएका थिए ।

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया