बिलमा किन्नेको नाम र हस्तेमा ‘लकडाउन’ : एक सिलिण्डर ग्याँसको १७ सय रुपैयाँ

 चैत २७, २०७६ बिहीबार १७:१२:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

पर्वत - लकडाउनको फाइदा उठाउँदै खाना पकाउने ग्याँस बढी मूल्यमा बेचेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्वतले एक व्यवसायीलाई पक्राउ गरेको छ । 

उपभोक्ताहरुको गुनासोका आधारमा प्रहरीले जलजला गाउँपालिका ३, वारिवेनीमा व्यवसाय गरी बस्ने मिनप्रसाद रेग्मीलाई बिहीबार नियन्त्रणमा लिएको हो ।

वारिवेनीमा सञ्चालित दिप्सन मेटल स्टोर्सका सञ्चालक रेग्मीले उपभोक्तालाई बजार मूल्यभन्दा बढी रकम लिएर ग्याँस बिक्री गरेको उपभोक्ताको आरोप छ ।

नेपाल आयल निगमले प्रति सिलिण्डर ग्याँसको मूल्य १ हजार ३ सय ७५ तथा ढुवानीसहित भरी सिलिण्डरको १ हजार ४ सय र आधा सिलिण्डरको ७ सय रुपौयाँ तोकेको छ । 

तर व्यवसायी रेग्मीले १ हजार ७ सय रुपैयाँ लिएर ग्याँस बिक्री गरेको पाइएकोले पक्राउ गरेको प्रहरीले जनाएको छ । 

पीडित उपभोक्ताले जिल्ला प्रहरी कार्यालय पर्वत र जिल्ला प्रशासन कार्यालय पर्वतमा खरिद बिल र लिखित उजुरीसहित गुनासो गरेपछि प्रहरीले व्यवसायी रेग्मीलाई निजकै पसलबाट पक्राउ गरेको हो । 

रेग्मीलाई जिल्ला प्रशासन कार्यालय पर्वतबाट आवश्यक अनुसन्धानका लागि म्याद थप गर्ने तयारी भएको प्रहरीले जनाएको छ । 

व्यवसायी रेग्मीले भने गाउँसम्म ढुवानी गरेर पुर्याउँदाको खर्च जोडिएकाले त्यति पर्न गएको दावी गरेका छन् । उनले जारी गरेको बिलमा क्रेताको नाम र हस्तेमा लकडाउन उल्लेख छ । 

अन्तिम अपडेट: फागुन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया