फाइनलअघि नेपाल र म्यानमारबीच बराबरी
फागुन ११, २०८१ आइतबार
काठमाण्डौ – सरकारले शुक्रबार र शनिबार काठमाण्डौ उपत्यकाबाट घर फर्कन पाउने निर्णय नभएको जनाएको छ ।
यसबारेमा निर्णय नै हुन नपाइ सञ्चारमाध्यममा खबर आएको उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोख्रेलको सचिवालयले दावी गरेको छ । तर यसअघि पोखरेलकै सचिवालयले शुक्रबार र शनिबार काठमाण्डौबाट घर फर्कन दिने, तर काठमाण्डौ आउन नपाउने निर्णय भएको जनाएको थियो ।
तर सञ्चारमाध्यमा खबर सम्प्रेषण भएको केही समयपछि फेरि सचिवालयले घर पठाउने निर्णय नभएको जनाएको हो । ‘पक्का निर्णय नभइकन सञ्चारमाध्यममा गयो, निर्णय भएकै छैन’, रक्षामन्त्री पोखरेलको भनाइ उदृत गर्दै उहाँको सचिवालयले भनेको छ ।
काठमाण्डौ अलपत्र परेकालाई घर फर्कन दिने निर्णय गर्ने तयारी भए पनि विभिन्न प्रदेश र जिल्लाबाट त्यसो नगर्न दबाब आएपछि सरकार पछि हटेको बुझिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Bhoj Prasad Acharya
April 9, 2020, 7:28 p.m.अर्को तमासा। लकडाउनको समयमा काठमाडौैं बाहिर जान दिनु हुन्छ कि हुँदैन यो प्रश्न आफ्नै ठाँउमा छ। तर कमसेकम केन्द्र सरकारले यस्ता गम्भीर विषयमा निर्णय गर्दा सरोकारवालासंग समन्वय गर्नुपर्छ कि पर्दैन? खुच्चिङ्ग।