भक्तपुरमा यो वर्ष बिस्काः जात्रा नमनाइने

 चैत २७, २०७६ बिहीबार २०:१४:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर - भक्तपुरमा मनाइदै आएको बिस्काः जात्रा यस वर्ष नमनाइने भएको छ । भक्तपुरमा मनाइदै आएको बिस्काः जात्रा यस वर्ष नमनाइने भएको छ।

कोरोेना भाइरस (कोभिड–१९)को संक्रमणको जोखिम कम गर्न देशभर लकडाउन गरिएकाले भक्तपुरको बिस्काः जात्रा अर्थात बिस्केट जात्रा यस वर्ष नमनाइने भएको छ । 

देशमा अनिकाल, रोग, व्याधि, शत्रु नाशको कामना गर्दै मनाइने बिस्काः जात्रा विश्वव्यापी रूपमा देखिएको महामारीका कारण रोकिन पुगेको हो । चैत २७ गते बेलुकादेखि सुरु भएर आठ दिन नौ रातसम्म मनाइने बिस्काः जात्रा भक्तपुरको मुख्य जात्राको रुपमा लिइन्छ । स्थानीय भाषामा बिस्काः भनिने यो जात्रालाई बिस्केट जात्राको रुपमा पनि चिनिन्छ ।

भक्तपुर नगरको केन्द्रमा अवस्थित पाँचतले र भैरवनाथको मन्दिर प्रांगणमा निर्माण गरिएको तीनतले प्यागोडा शैलीको भैरवनाथको रथ तानेर बिस्का जात्रा सुरु हुन्छ । 

तर यसपटक लकडाउनका कारण रथ निर्माणको कामले  पूर्णता समेत पाउन सकेको छैन् । गुठी संस्थानले यो वर्ष भैरवनाथको नयाँ रथ बनाउन बेतसीलगायत छानाका विभिन्न भाग तथा चारैवटा पांग्रा नयाँ निर्माण गराएको थियो । रथ तान्ने काम नभएपछि जात्रा पूजाआजामा सीमित हुने भएको छ ।

झन्डै २ हजार वर्ष लामो इतिहास रहेको बिस्काः जात्रा पहिलोपटक रोकिएको प्राध्यापक डा. पुरुषोत्तम लोचन श्रेष्ठले बताउनुभयो । नेपाल संवत्  ७ सय ४१ को चैत शुक्ल पूर्णिमाको दिन भैरवको रथ तान्ने क्रममा रथ पल्टिएको र त्यसलाई फेरि बनाएर जात्रा दोहोर्याएर निकालिएको श्रेष्ठले बताउनुभयो । 

त्यस समयमा जात्रा रोकिएपछि विभिन्न विधानबाट क्षमा पूजा र राँगो बलि दिएर जात्रा पुनः सञ्चालन गरिएको इतिहास रहेको उहाँले बताउनुुभयो । जात्रा स्थगित भएपछि त्रान्त्रिक विधिबाट पूजाआजा गर्ने अथवा रथ एवं लिगो ठड्याउने काम गर्नुपर्ने उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: फागुन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया