दाङमा काठ चोरी तस्करीमा संलग्न १० जना पक्राउ

 चैत २७, २०७६ बिहिबार २१:४४:९ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ - वन गस्ती टोलीले लकडाउनको मौका छोपी वन क्षेत्रमा वन पैदावार चोरीमा संलग्न १० जनालाई पक्राउ गरेको छ ।

वन गस्ती टोलीले लकडाउन अवधिभर भएका विभिन्न ६ वटा घटनामा वन पैदावार चोरी तस्करीमा संलग्न भएको अभियोगमा १० जनालाई पक्राउ गरेको जनाएको छ । यस अवधिमा तीन वटा ट्रयाक्टर पनि वन गस्तीले नियन्त्रणमा लिएको तथा सयौँ क्यू फिट अवैध काठ बरामद गरेको डिभिजन वन कार्यालयले जनाएको छ ।

दाङका प्रमुख डिभिजनल वन अधिकृत दिपक ज्ञवालीले लकडाउन अघि काठ तस्करीका घटनाहरु नभएकोमा लकडाउन हुनासाथ तस्करी ह्वात्तै बढेको बताउनुभयो ।

यसपटक तस्करी नहुने नयाँ ठाउँमा तस्करी भएको पाइएको उहाँले बताउनुभयो । गस्तीका क्रममा लामो सयमदेखि वन पैदावार तस्करीमा संलग्न पेशेवरहरु पक्राउ परेको ज्ञवालीको भनाइ छ । गस्तीले वनमै रुख ढालेर काठका रुपमा काटिरहेको अवस्थामा तस्करहरुलाई फेला पारेको कार्यालयले जनाएको छ ।

अत्यधिक जोखिमका साथ आठ वटै सब डिभिजन कार्यालय स्तरबाट आ आफ्नो क्षेत्र र डिभिजन स्तरबाट  पुरै क्षेत्रमा प्रभावकारी रुपमा गस्ती गर्ने कार्य भइरहेको डिभिजन वन कार्यालय दाङले जनाएको छ ।

सबैजसो कर्मचारीहरुलाई चरणबद्ध रुपमा रात्री तथा दिवा सिफ्ट बनाएर गस्ती भइरहेको र् वन अपराधमा संलग्नहरुलाई नियन्त्रणमा लिइकानुनी कारबाही अगाडि बढाइएकोे डिभिजन वन कार्यालय दाङका प्रमुख डिभिजनल वन अधिकृत दिपक ज्ञवालीले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया