काभ्रेको भुम्लुमा लालपुर्जाको समस्या रहेका बासिन्दासँग पुनः नि...
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – केही प्रतिशत व्यक्तिमा काेराेना भाइरस (काेभिड १९) काे सङ्क्रमण भए पनि कुनै लक्षण नदेखिएकाे एक अध्ययनले देखाएको छ ।
न्यु इङ्गल्याण्ड जर्नल अफ मेडिसिनमा प्रकाशित अध्ययनले लक्षण नै नदेखिएका व्यक्तिबाट कोरोनाको सङ्क्रमण फैलिरहेको देखाएको हो । तर लक्षण नदेखिएका मानिसबाट सङ्क्रमण फैलिन नदिन कुनै तयारी नभएको अध्ययनमा उल्लेख छ । २५ देखि ५० प्रतिशत व्यक्तिमा कोरोना सङ्क्रमण भए पनि कुनै लक्षण नदेखिएको अनुसन्धानकर्ताले बताएका छन् ।
'कोरोना भाइरस देखिएका मध्ये २५ देखि ५० प्रतिशतमा कुनै लक्षण देखिएको छैन तर पनि सङ्क्रमित हुन सक्छन्', डा. एन्थोनी फौसीले भनिन् ।
सन् २००३ मा देखिएको सार्सको सङ्क्रमण भने बिरामी भएको सातदेखि १० दिनपछि मात्रै फैलिने गरेकाले सङ्क्रमणबाट बच्ने उपाय अपनाउन पर्याप्त समय हुने गरेको पाइएको थियो । तर कोरोना भाइरसको सङ्क्रमण भएका बिरामीमा लक्षण देखिनु ४८ घण्टाअघि नै सङ्क्रमण फैलिन थाल्ने भएकाले धेरैमा सङ्क्रमण भएको पाइएको अध्ययनमा उल्लेख छ ।
कोरोनाको सङ्क्रमण अहिलेसम्म विश्वका दुई सय ९ देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिँदा १६ लाखभन्दा धेरै सङ्क्रमित भएका छन् । सङ्क्रमितमध्ये तीन लाख ५६ हजार ६ सय ५५ जना उपचारपछि निको भएका छन् ।
त्यस्तै साढे ११ लाखभन्दा धेरैको उपचार भइरहेको छ भने साढे ९५ हजारभन्दा धेरैको ज्यान गएको छ ।
सबैभन्दा धेरै इटालीमा १८ हजारभन्दा धेरैको ज्यान गएको छ । यस्तै अमेरिकामा साढे १६ हजारभन्दा धेरै, स्पेनमा १५ हजारभन्दा धेरै, फ्रान्समा १२ हजारभन्दा धेरैको ज्यान गएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।