प्रदेश सरकारले कृषि ऋणको ४ महिनाको ब्याज तिरिदिने

 चैत २८, २०७६ शुक्रबार १२:२७:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

शुक्रबार बसेको प्रदेश २ को मन्त्रीपरिषद् बैठक

धनुषा – प्रदेश २ सरकारले  ‘लकडाउन’ले किसानहरु पीडित भएको भन्दै कृषि कर्मको लागि बैंक, वित्तीय संस्था वा सहकारीबाट लिइएको ऋणको ४ महिनाको ब्याज तिरिदिने निर्णय गरेको छ । 

प्रदेश मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले कृषि कर्मको लागि किसानहरुले ५ लाख रुपैयाँसम्म लिएको ऋणमा अधिकतम १२ प्रतिशतसम्मको ब्याजदरमा ४ महिनाको ब्याज तिर्ने निर्णय गरेको छ । 

त्यसैगरी पाँच लाखदेखि १५ लाख रुपैयाँसम्मको ऋणमा १२ प्रतिशतसम्मको ब्याजदरमा ५० प्रतिशत, १५ लाखदेखि ३० लाख रुपैयाँसम्मको ऋणमा ४० प्रतिशत र ३० लाखभन्दा माथिको ऋणमा कृषि सहकारी तथा भूमि व्यवस्था मन्त्रालयको सिफारिसमा मन्त्रीपरिषद्ले निर्णय गरेबमोजिम ब्याज तिरिदिने निर्णय भएको आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिनुभयो । 

यस्तै, प्रदेश सरकारले कोरोना महामारीविरुद्धको रोकथाम र उपचारमा खटिने व्यक्तिको कोरोना सङ्क्रमणबाट मृत्यु भए पीडित परिवारलाई ५० लाख रुपैयाँ राहत दिने भएको छ । 

मन्त्रिपरिषद्को बैठकले कोरोना महामारीको  रोकथाम तथा उपचारमा संलग्न हुने निजामती वा अन्य कर्मचारी तथा सरकारी, गैरसरकारी वा निजी क्षेत्रका स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक र सहयोगी स्वास्थ्यकर्मीको कोरोना सङ्क्रमणबाट मृत्यु भएमा पीडित परिवारलाई ५० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको हो । 
 

अन्तिम अपडेट: फागुन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया