फाइनलअघि नेपाल र म्यानमारबीच बराबरी
फागुन ११, २०८१ आइतबार
काठमाण्डाै – राष्ट्रिय मानव अधिकार आयोग र विभिन्न सङ्घ संस्थाले कोरोना भाइरस (काेभिड १९) को रोकथामकाे लागि सरकारले गरिरहेकाे कामको अनुगमन गर्ने भएका छन् ।
कोरोनाको रोकथामका लागि सरकारले गरिरहेका काम, स्वास्थ्य उपचारको व्यवस्था, आम उपभोक्ताको अधिकार, अभिव्यक्ति स्वतन्त्रता, न्याय प्रशासनमा पहुँच, नागरिक कर्तव्य लगायतका विषयमा अनुगमन गरी सुझाव दिन समिति गठन गरिएको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ ।
मानवअधिकार आयोगका सदस्य गोविन्द शर्मा पौड्यालको संयोजकत्वमा गठित समितिमा आयोगका सचिव वेद भट्टराई, नेपाल बार एसाेसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र महासचिव लीलामणि पौड्याल हुनुहुन्छ । त्यस्तै नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्य र महासचिव रमेश विष्ट, नेपाल गैरसरकारी संस्था महासङ्घका अध्यक्ष जीतमान लामा र महासचिव रामप्रसाद सुवेदी र मानवअधिकार आयोगका निर्देशक डाक्टर टीकाराम पोखरेल सदस्य हुनुहुन्छ ।
अनुगमनलाई थप प्रभावकारी बनाउन सात वटै प्रदेशमा प्रदेशस्तरीय र ७७ वटै जिल्लामा जिल्लास्तरीय अनुगमन समिति पनि गठन गरिएको आयोगले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।