फाइनलअघि नेपाल र म्यानमारबीच बराबरी
फागुन ११, २०८१ आइतबार
काठमाण्डौ – होटल व्यवसायीले यस क्षेत्रमा काम गर्ने ११ लाख मजदुरको जिम्मा सरकारले पनि लिनुपर्ने बताएका छन् ।
कोरोनाको कारण होटल व्यवसाय चौपट हुँदा कामदारलाई तलब दिन समस्या भएको भन्दै उनीहरुले सरकारले पनि हेर्नुपर्ने बताएका हुन् ।
अहिलेको जटिल र भयावह अवस्थामा राज्यबाट उपलब्ध गराइने भनिएका राहत तथा सेवा सुविधा पनि पर्यटनमैत्री हुन नसकेकोमा व्यवसायीहरुले दुःख व्यक्त गरेका छन् ।
देशकै मेरुदण्डको रुपमा रही अर्बौको राजस्व तथा विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत र जीडीपीमासमेत कम्तीमा पनि ८ प्रतिशतको योगदान गरिरहेको होटल व्यवसायीहरुको दावी छ ।
अहिलेको कठिन अवस्थामा होटल उद्योगलाई संरक्षण गर्दै अर्थतन्त्रलाई चलायमान बनाउनु सरकारको पनि दायित्व रहेको व्यवसायीले बताएका छन् ।
होटल उद्योगमा आश्रित श्रमिक तथा कर्मचारीहरुको पारिश्रमिक व्यवस्थापनलाई मुठिभरका होटल प्रतिष्ठानहरुले मात्र सम्बोधन गर्न नसक्ने हुँदा ती श्रमिक तथा कर्मचारीको जिम्मा सरकारले पनि लिनुपर्ने होटल व्यवसायीको जिकिर रहेको छ ।
यदि यसो हुन नसकेमा यस विषम परिस्थितिबाट होटल उद्योग नै धरासायी हुँदै बन्द भइ रोजगारीमा समेत प्रतिकूल असर परेर रोजगारी गुम्न जाने हुँदा यसतर्फ सरकारको ध्यान नगएको व्यवसायीको गुनासो छ ।
![]() |
खाडी र मलेसियाको कोरोना अपडेट : शुक्रबारसम्ममा सङ्क्रमित सङ्ख्या १५ हजार नाघ्यो, नेपालीको सङ्ख्या ३९ |
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।