देशभरी कति छ खाद्यान्न, इन्धन र औषधी ?

 चैत २८, २०७६ शुक्रबार १६:३७:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सरकारले देशैभरी उपभोग्य वस्तुको अवस्था सामान्य रहेको जनाएको छ ।

उद्योग कलकारखाना चलिरहेको र उत्पादन पनि भैरहलेकाले अहिले आत्तिनुनपर्ने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । हाल देशमा एक लाख २५ हजार दुई सय ९० मेट्रिक टन चामल, सात हजार दुई सय ९४ मेट्रिक टन चिनी, एक लाख ५९ हजार मेट्रिक टन नुन,  १६ हजार ८१ म्ेट्रिक टन गेडागुडी र १६ हजार आठ सय मेट्रिक टन तेल रहेको छ ।

चामलले चार महिना धान्ने तथा दलहन र तेलले ३ महिनाको माग धान्ने मन्त्रालयले जनाएको छ । 

ल्कडाउन सुरु भएको १७ दिनमा ३७ हजार तीन सय ३४ मेट्रिक टन खाद्यान्न, १४ हजार मेट्रिक टन गेडागुडी, २१ हजार छ सय मेट्रिक टन तरकारी, छ हजार मेट्रिक टन फलफूल र ८० मेट्रिक टन दूध आयात भएको छ । 

यस्तै पेट्रोलियम पदार्थको आयात सहज भैरहेको र पुरै सिलिन्डर ग्यास बिक्री भैरहेको मन्त्रालयले जनाएको छ । 

लकडाउनपछिको मौज्दाज र आपुर्तीको अवस्था यस्तो छ :

अन्तिम अपडेट: फागुन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया