क्वरेण्टीनको निरीक्षण गर्दै सरकार

 चैत २८, २०७६ शुक्रबार २१:१४:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सरकारले पालिका र अन्य निकायले व्यवस्थापन गरेको क्वरेन्टीनको  निरीक्षण गर्ने भएको छ । 

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार क्वरेन्टीन निर्माण भए/नभएको र अन्य व्यवस्थापनका विषयमा सरकारले निरीक्षण गर्ने भएको हो । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले क्वरेन्टीन व्यवस्थापन तथा सञ्चालन कार्यविधिअनुसार क्वरेण्टीनको मापदण्ड पूरा भए/नभएको स्थलगत अनुगमन गरिने जानकारी दिनुभयो ।  

उहाँले भन्नुभयो, ‘क्वरेन्टीनको व्यवस्थापनका लागि एक पटक निरीक्षण गर्नुपर्छ । क्वरेन्टीन सञ्चालनका लागि सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषबाट रकम व्यहोर्ने निर्णय गरिसकेकाले कुनै शंका गर्नुपर्दैन ।’

मन्त्रिपरिषद् बैठकले मन्त्री मानन्धर र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतलाई दिएको निर्देशन अनुसार शनिबारबाट क्वरेन्टीनको निरीक्षण हुनेछ । 

शनिबार मध्याह्न काठमाण्डौको पशुपति क्षेत्रमा सञ्चालित क्वरेन्टीनबाट अवलोकन सुरु गर्न लागिएको हो । शुक्रबार सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले उपत्यकाका १८ वटै नगरप्रमुख, तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा नेपाली सेनाका क्वरेन्टीन व्यवस्थापनमा खटिएका पृतनापतिसँग छलफल गर्नुभएको थियो।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया