काेराेना सङ्क्रमित ९३ वर्षीया वृद्धा उपचारपछि निकाे भइन्

 चैत २९, २०७६ शनिबार १३:२०:५८ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – टर्कीमा एक ९३ वर्षीया वृद्धाले काेराेना भाइरस (काेभिड १९) काे सङ्क्रमणबाट स्वास्थ्य लाभ गरेकी छिन् । विश्वभर काेराेनाकाे कारण ज्यान गुमाउनेकाे सङ्ख्या बढिरहेकाे बेला याे राहतकाे खबर आएकाे हाे ।

टर्कीकी ९३ वर्षीया महिलाकाे काेराेनालाई हराएकी हुन् । इस्तानबुलकाे एक अस्पतालमा १० दिनसम्म उपचार गरेपछि उनलाई अस्पतालले डिस्चार्ज गरेकाे हाे ।

समाचार एजेन्सी एएफपीका अनुसार अस्पतालका प्रमुख डाक्टर जेकाए कुत्लुबेले भने, 'याे हाम्राे लागि हाैसला बढाउने खबर हाे किनकि यही उमेरका मानिसलाई काेभिड १९ काे खतरा धेरै हुन्छ । अन्य स्वास्थ्य समस्यासँग जुधिरहेका बिरामीहरुलाई भने निकाे हुन धेरै समय लाग्छ ।'

ट्रकीमा अहिलेसम्म ४७ हजारभन्दा धेरै काेराेनाबाट सङ्क्रमित भएका छन् । सङ्क्रमणकाे हिसाबले टर्की नवाैँ स्थानमा छ । इटलीमा काेराेनाकाे कारण अहिलेसम्म एक हजारभन्दा धेरैले ज्यान गुमाएका छन् । 

डाक्टर कुत्लुबे भन्छन्, '९३ वर्षीया महिला स्वस्थ भएर सघन उपचार कक्ष (आईसीयू) बाट बाहिर निस्कनु हाम्राे लागि र अन्य बिरामीका लागि हाैसला बढाउने खबर हाे ।'

सम्बन्धित समाचार

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया