फाइनलअघि नेपाल र म्यानमारबीच बराबरी
फागुन ११, २०८१ आइतबार
गुल्मी – कोरोना भाइरस (काेभिड १९) सङ्क्रमणको आशङ्कामा गुल्मीबाट प्रदेश जनस्वास्थ्य प्रयोगशाला बुटवल पठाइएको पाँच जनाको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।
गुल्मीको रेसुङ्गा नगरपालिका, मुसिकोट नगरपालिका र सत्यवती गाउँपालिकाका पाँच जनाको स्वाब परीक्षणका लागि गएको मङ्गलबार बुटवल प्रयोगशालामा पठाइएको थियो।
परीक्षणका लागि स्वाब पठाइएका व्यक्तिहरु सबै होम क्वरेन्टीनमा रहेको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताउनुभएको छ । उनीहरु गएको चैत ४ गते कतार एअरवयजको विमानबाट नेपाल आएका थिए । त्यही विमानमा आएकी एक जना युवती सङ्क्रमित भेटिएकी थिइन् ।
गुल्मी अस्पतालमा दैनिक चार/पाँच जना रुघाखोकी र ज्वरोका बिरामीहरु आउने गरेको तर उनीहरुमा कोरोनाको कुनै लक्षण नदेखिएको अस्पतालका डाक्टर उत्तम पच्याले बताउनुभयो ।
गुल्मीमा अहिले ५५ जना व्यक्ति विभिन्न पालिकाका क्वरेण्टीनमा रहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Mitra Adhikari
April 11, 2020, 4:01 p.m.सपै तिरको ( कोरोना लागेका ) बिरामी यसै गरि निको भय कस्तो आनन्द हुन्थो होला हामी नेपालिलाइ