बेलायतमा अत्यावश्यक सुरक्षा सामग्रीको अभावमा डाक्टरहरु जोखिममा

 चैत २९, २०७६ शनिबार १८:४३:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - बेलायतका डाक्टरले अत्यावश्यक सुरक्षा सामग्रीको अभावमा आफूहरुको जीवन जोखिममा रहेको बताएका छन् । 

बेलायतको डाक्टरहरुको सङ्गठनले कोरोना भाइरस (काेभिड १९) सङ्क्रमित बिरामी जाँच्न आवश्यक सुरक्षा सामग्री नपाइएको जनाएको छ । बेलायतको मेडिकल एसोसिएशन (बीएमए) ले पनि काेराेना सङ्क्रमितकाे उपचारमा खटिएका डाक्टरहरुको जीवन जोखिममा रहेको बताएको बीबीसीले जनाएको छ ।  

बीएमएका काउन्सिल अध्यक्ष डाक्टर चाँद नागपालले डाक्टरहरुलाई अप्ठेरो अवस्थामा पुर्‍याइउकाे भन्दै उनीहरूसामु उचित सुरक्षाबिना नै काम गर्नुपर्ने बाध्यात्मक परिस्थिति उत्पन्न भएको बताएका छन् । 

बेलायतमा अहिलेसम्म ७३ हजार सात सय ५८ जना कोरोना सङ्क्रमित भेटिएका छन् भने कोरोनाका कारण झण्डै ९ हजार जनाको ज्यान गएको छ । 

यस्तै कोरोना सङ्क्रमितको सङ्ख्या विश्वमा १७ लाख पुगेकाे छ । तीन लाख ७७ हजारभन्दा धेरै उपचारपछि घर फर्किएका छन् भने एक लाखभन्दा धेरैको ज्यान गएको छ । 

कोरोनाका कारण सबैभन्दा धेरै अमेरिका आक्रान्त बनेको छ । अमेरिकामा पाँच लाखभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया