भारतीय प्रधानमन्त्री मोदी 'लकडाउन अवधि थप्ने पक्षमा' रहेको केजरीवालको भनाइ

 चैत २९, २०७६ शनिबार २१:४:१४ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ - भारतले लकडाउन अवधि दुई हप्ता थप्ने तयारी गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार मुख्‍यमन्त्रीहरुसँगको झण्डै चार घण्टा बसेको बैठकमा लकडाउन बढाउने तयारी गरेको दिल्लीका मुख्‍यमन्त्री अरविन्द केजरीवालले ट्विटरमार्फत जानकारी दिएका छन् ।

कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि भारतले  लकडाउनको अवधिमा थप्ने तयारी गरेको हो ।

दिल्लीका मुख्यमन्त्री केजरीवालका अनुसार आउने बिहीबारसम्म जारी रहने भनिएको लकडाउनको अवधि थप गर्न प्रधानमन्त्री मोदी सहमत छन् । तर प्रधानमन्त्री मोदीले यसबारे थप जानकारी दिएका छैनन् ।

कर्नाटकका मुख्यमन्त्री बीएस येदियुरप्पाले पनि प्रधानमन्त्रीसँगको कुराकानीपछि केन्द्र सरकारले १५ दिनसम्म लकडाउन बढाउने घोषणा गर्न सक्ने सञ्चारमाध्यमलाई बताए ।

पञ्जाब, ओडिशा, पश्चिम बङ्गाल र महाराष्ट्रमा भने आउँदो ३० अप्रिलसम्म लकडाउन लम्ब्याइएको घोषणा गरिएको छ ।

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया