कोभिड-१९ : बाराको सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको उच्च सतर्कता

 चैत ३०, २०७६ आइतबार ९:१६:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

बारा - सशस्त्र प्रहरी बल नेपाल १२ गणले बारा जिल्लाको सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको छ ।

जिल्लामा रहेको सशस्त्र प्रहरीको सम्पूर्ण जनशक्ति कोभिड-१९ नियन्त्रणको लागि सीमा तथा आवश्यक क्षेत्रमा पारिचालन गरिएको गणका गणपति सशस्त्र प्रहरी उपरीक दिग बिजय सुबेदीले बताउनुभयो  ।

सीमा क्षेत्रमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ भने स्थानीय तहहरुसँग समन्वय गरी निगरानी समिति बनाएर काम अगाडि बढाइको छ । 
 
सशस्त्र प्रहरीले जिल्लाको भारतसँग जोडिएका साना गोरेटो बाटोदेखि ठूला सबै नाकामा जनशक्ति खटाएर निगरानी  गरिरहेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण बाराले लकडाउनको सुरुवातदेखि नै जिल्लामा थप जनशक्ति परिचालन गरेको हो । 

नियमितभन्दा दोब्बर सङ्ख्यामा जनशक्ति पारिचालन गरिएको गणपति सुबेदीले बताउनुभयो । उहाँले भन्नुभयो, सीमामाअहिले हरेक पाँच सयदेखि सात सय मिटरमा सशस्त्र प्रहरी खटिएको छ ।  आवत जावत रोक्नु नै खटिने सशस्त्र प्रहरिको प्रमुख दायित्व हो ।

सीमामा जम्मा ७ वटा बीओपीमार्फत काम गर्दै आएको सशस्त्र प्रहरी बल बाराले थप ११ वटा पोस्ट निर्माण गरी फौजको परिचालन तीव्र बनाएको छ भने ६० किलोमिटर सीमा रहेको बारा जिल्लाको दसगजा क्षेत्रमा मात्र नब्बेभन्दा बढी ठाउँमा सशस्त्र प्रहरिको उपस्थिति रहेको छ ।  

 

यस बाहेक सशस्त्र र जनपद दुवैले सीमावर्ती क्षेत्रमा गाडी मोबाइल गस्ती, पैदल गस्ती, मोटरसाइकल तथा साइकल गस्ती लगायतका माध्यमबाट सीमाको निगरानी गरिरहेका छन् ।

स्थानीय तहले पनि विभिन्न प्रकारको जनचेतनामूलक कार्यक्रमहरुबाट अहिले सीमा क्षेत्रमा आफ्नो उपस्थिति जनाएका छन् । सशस्त्र प्रहरी बलले जिल्लामा फागुनको बोश्रो हप्तादेखि नै  गोलागन्ज, कबहिगोठ र मटिअर्बामा एकै पटक तीन ठाउँमा कोरोना हेल्थ डेस्क स्थापना गरेको थियो । 

शनिबार मात्रै सिम्रौँनगढ नगरपालिका-८, कचोर्बाका २८ वर्षीय राजा यादव भारतबाट नेपाल प्रवेश गर्ने क्रममा बीओपी गोलागन्जको फरवार्ड पोस्ट कवलपुरबाट खटिएको टोलिले नियन्त्रणमा लीइ समकक्षी एसएसबीको टोलीलाई बुझाएको साथै धरानमा काम गर्ने भारत मोतिहारीका तीन जनालाई बीओपी दक्षिण झिट्कैयाबाट खटिएको टोलिले नियन्त्रणमा लिएर देवताल गाउँपालिकाको क्वरेन्टीनमा राखिएको गणपति सुबेदीले जानकारी दिनुभयो ।

कोरोना सङ्क्रमण रोक्न सशस्त्र प्रहरीको पहल सराहनीय रहेको र नागरिकमा सुरक्षाको अनुभूति भएको सुवर्ण गाउँपालिकाका स्थानीय को भनाइ छ  । यसैगरी सशस्त्र प्रहरीको यो उपस्थिति सधैंको लागि हुनुपर्ने माग बढदै गएको स्थानीय हृदयनारायण यादव बताउनुभयो ।

अन्तिम अपडेट: फागुन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया