फाइनलअघि नेपाल र म्यानमारबीच बराबरी
फागुन ११, २०८१ आइतबार
डोटी - लकडाउन हुनुभन्दा पहिले भारतबाट गाउँ फर्केका सबैजना क्वरेण्टीनमा नबसेका कारण पछिल्लो यहाँका नागरिकमा कोरोनाको त्रास फैलिन थालेको छ ।
वैशाख १ गते मनाइने बिसुपर्वका लागि भारतमा काम गर्ने सयौँ सुदूरपश्चिमेली लकडाउन हुनुभन्दा केही दिन पहिले गाउँघरमा भित्रिएका थिए । लकडाउन हुनुभन्दा पहिले गाउँमा भित्रिएकाको लगत पालिकाहरुसँग छैन ।
चैत्र महिनाको सुरुदेखि स्थानीयहरु भरतबाट घर आउन थालेका थिए । भारतमा कोरोना भाइरसको त्रासपछि काम गर्ने क्षेत्र बन्द भएपछि जिल्लाका सयौँ नागरिक आ–आफ्ना गाउँ आइपुगेका थिए ।
गाउँ आइपुगेकाहरुलाई भेटेसम्म यहाँका नौ वटै पालिकाले स्थापना गरेका १२ वटा क्वरेन्टीनमा राखिएको छ । क्वरेन्टीनमा बसेकाहरुलाई अहिलेसम्म कोरोना भाइरससँग मिल्दोजुल्दो कुनै पनि लक्षण नदेखिए पनि गाउँलेहरु भने त्रसित भएका छन् ।
पालिकाका क्वरेण्टीनमा राखिएकाहरुमा कोरोनाको लक्षण नदेखिए पनि भारतबाट लकडाउन हुनुभन्दा पहिले आएका जिल्लाका कतिपय स्थानीयहरु गाउँघरमा खुला रुपमा हिँडडुल गरिरहेका कारण स्थानीयमा त्रास फैलिएको हो ।
भारतबाट आएका तर क्वरेन्टीनमा नबसेर गाउँमै लुकेर बसेकाहरुलाइ यहाँका पालिकाहरुले क्वारेन्टीनमा बस्न पटक पटक आग्रह गर्दै पत्राचार गरिरहे पनि उनीहरुले त्यस्को वास्ता नगरेको बोगटान फुड्सिल गाउँपालिकाका स्थानीय खडक बोहराले बताउनुभयो ।
सीमा क्षेत्रमा आवत जावतमा रोक लगाए पनि सुदूरपश्चिममा रहेका अधिकांश खुल्ला सीमा नाकाबाट नेपालीहरु लुकीछिपी आउने र गाउँमा गएर लुक्ने गरेको पाइएको छ ।
होटल व्यवसायी संघ डोटीका अध्यक्ष राजेन्द्रबहादुर शाहीले लकडाउनका कारण छिमेकी मुलुक भारतसँगका प्रमुख नाकाहरु बन्द भएपनि लुकी छिपी नेपाल प्रवेश गरी गाउँ फकिर्नेहरुको सङ्ख्या बढिरहेको बताउनुभयो ।
क्वरेण्टीनमा राखिएकाहरुमा भने अहिलेसम्म कोरोनाको कुनै सङ्क्रमण नदेखिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका स्वास्थ्य अधिकृत रमेश मलासीले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
अर्जुन परियार, बबई गापा ४ हापुरे, दाङ
April 12, 2020, 11:37 a.m.लक डाउन हुनु अघि भारतिय नाकाबाट फर्केका तर क्वारेन्टिनमा नबसेकाहरुको लगत पालिकाहरु संग छैन भनेर त्रासमा बस्नु भन्दा भारतबाट फर्केकाहरु लाई स्थानिए सरकारको सम्पर्कमा लैजान समाज र परिवारले सहयोग गर्दा राम्रो हुन्छ । किनकी यो परिस्थिति संग जुध्न सरकारको मात्र नभै हाम्रो पनि साझा जिम्मेवारी हो ।