फाइनलअघि नेपाल र म्यानमारबीच बराबरी
फागुन ११, २०८१ आइतबार
भक्तपुर - भक्तपुर अस्पतालले कोरोना भाइरस (काेभिड १९) को परीक्षण गर्न सुरु गरेको छ ।
अस्पतालले विदेशबाट आएर घरमा एकान्तवासमा बसिरहेका र उनीहरुसँगको सम्पर्कमा रहेकाहरुको र्यापिड किट (र्यापिड डाइग्नोस्टिक टेस्ट) मार्फत काेराेना परीक्षण सुरु गरेको हो ।
वाग्मती प्रदेश स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालयले जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरले तीन सय र्यापिड किट अस्पतालका लागि पठाएको थियो ।
विदेशबाट आएका र उनीहरुको सम्पर्कमा रहेर घरमा एकान्तवास बसेका, चिकित्सककाे निर्देशन अनुसार १४ देखि २१ दिनसम्म क्वरेण्टीनमा बसेकाहरुकाे र्यापिड किटमार्फत परीक्षण गरिने भएको हो ।
परीक्षणमा रिपोर्ट पोजेटिभ आएमा आइसोलेशनमा राखेर उपचार गर्ने र थप परीक्षण एवम् उपचार आवश्यक परे काठमाण्डौको सरुवा रोग नियन्त्रण अस्पताल टेकु पठाइने मेडिकल सुपरिटेन्डेन्ट डा. गौतमले जानकारी दिनुभयो ।
अस्पतालले अहिलेसम्म एक सय ५४ जनाको स्वाब नमुना सङ्कलन गरी राष्ट्रिय प्रयोगशाला टेकु पठाएकोमा ९० जनाको रिपोर्ट नेगेटिभ आएको र अन्यको रिपोर्ट आउनै बाँकी रहेको उहाँले बताउनुभयाे ।
साथै रुघाखोकी लागेर दैनिक २५ देखि ५० जनासम्म स्वास्थ्य परीक्षणका लागि आएको जानकारी दिँदै अस्पतालले चार शय्याकाे आइसोलेशनलाई बढाएर १० शय्यामा पुर्याएकाे उहाँले जानकारी दिनुभयो ।
आइतबार आठ जनाको आइसोलेशनमा उपचार भइरहेको जानकारी दिँदै उहाँले आइसोलेशनमा दैनिक बिरामी बढिरहेको बताउनुभयो । जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरले आजदेखि जिल्लाका अस्पतालको अनुगमन समेत सुरु गरेको छ ।
कार्यालयका प्रमुख कृष्ण मिजारले आइतबार भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य, सिद्धिस्मृति अस्पताल र डा. इवामुरा अस्पतालको अनुगमन गर्ने जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।