फाइनलअघि नेपाल र म्यानमारबीच बराबरी
फागुन ११, २०८१ आइतबार
काठमाण्डौ – अर्थविद्हरुले कोरोनाबाट प्रभावित भएको अर्थतन्त्रको विषयमा सरकार गम्भीर नभएको बताएका छन् । विश्वका धेरै देशले कोरोनाले अस्तव्यस्त बनाएको अर्थतन्त्रलाई सही बाटोमा ल्याउन कैयौँ प्रयास सुरु गरे पनि नेपालले भने अहिलेसम्म केही गर्न नसक्दा देशपछि धकेलिने अर्थविद्हरुले चेतावनी दिएका छन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले गरेको ‘कोरोनाको महामारी र अर्थतन्त्रको चुनौती’ विषयक भिडियो कन्फ्रेन्समा अर्थशास्त्री प्राध्यापक डाक्टर विश्वम्भर प्याकुरेलले अहिले नेपाल सरकारले कोरोनाबाट अर्थतन्त्रमा परेको प्रभावबारे तथ्याङ्क सङ्कलन पनि नगरेको र सूचना पनि लुकाएको बताउनुभयो । ‘सरकारको तर्फबाट सूचना नै आएको छैन, अनि अर्थतन्त्रमा परेको प्रभावको विषयमा कसैसँग सुझाव लिने, सल्लाह गर्ने लगायतका काम पनि भएको छैन ।
'हामीले ट्रेनिङ दिएका मान्छेहरु सत्तामा छन् तर उनीहरु कसैको सुझाव लिन उचित ठान्दैनन्’, प्याकुरेलले भन्नुभयो । उहाँले अहिलेकै अवस्थामा पनि नेपालको अर्थतन्त्र कम्तीमा तीन वर्षपछि धकेलिएको र महामारी लम्बिँदै गएमा १० वर्ष पछाडि धकेलिने चिन्ता व्यक्त गर्नुभयो ।
विशेषगरी मझौला उद्योग बन्द भएको र त्यहाँ काम गर्ने लाखौँ कामदार अहिले बेरोजगार हुँदा अवस्था भयावह हुने उहाँको भनाइ छ । ‘अर्थतन्त्र बलियो बनाउने जुन–जुन पिलर छन्, सरकारको पहिलो ध्यान त्यता हुनुपर्छ । मझौला उद्योग, पर्यटन क्षेत्रका उद्योगलाई यो बेला सरकारको ठूलो सहयोग आवश्यक छ’, प्याकुरेलले भन्नुभयो ।
यस्तै पूर्व अर्थसचिव रामेश्वर खनालले सरकारले कृषि क्षेत्रलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताउनुभयो । नेपालमा बेरोजगारको ठूलो समस्या आउन लागेको चेतावनी दिँदै खनालले कृषि क्षेत्रमा सरकारले लगानी बढाएमा केही हदसम्म आयातमा कमी आउने, डलर बचत हुने र रोजगारी सिर्जना हुने बताउनुभयो ।
‘कृषि र उत्पादनमूलक क्षेत्रमा सरकारले सस्तो दरमा ऋण दिनुपर्छ, कृषिमा सुधार भएमा हाम्रो खाद्य असुरक्षा पनि टर्छ र केही रोजगारी पनि सिर्जना हुनुपर्छ । त्यसैले सरकारले धेरै फोकस कृषि उत्पादन बढाउनमा केन्द्रित गर्नुपर्छ’, खनालले भन्नुभयो ।
आउँदो वर्षको बजेट पनि फजुल खर्च रोक्ने, खुद्रे आयोजनामा बजेट नदिने, चालु खर्च घटाउने र कोरोनाले ध्वस्त भएको अर्थतन्त्रलाई उकास्नेतर्फ केन्द्रित हुनुपर्ने पूर्व अर्थसचिव खनालको भनाइ छ । यस्तो बेला सरकारले चुस्त भएर काम गर्नुपर्नेमा त्यो नदेखिएको खनालले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
वीर बहादुर क्षेत्री
April 13, 2020, 6:36 a.m.मा्यवर याहाहरुको सल्लाह उचित छ यथार्थ संग निक छ तर तपाई नै अाफै भन्दै पनि हुनुहुन्छ सरकार कसैले दिएको सल्लाह अमल गर्ने हैन सुन्न पनि सक्ने हालतमा छैन के गर्ने त हजुर त्यस्ता नेतालाइ चुनेर पठाउने हामीजस्ता जनतालाई त झन तपाइको सल्लाहले के छुन्थ्यो भैसीको अगाडि बिन बजाएसरि थाहै छ दुईतिहाईले जे गरे पनि छुट छ अगतिलो भए जनताले साढे दुई बर्ष पछि अनसमोदन नगर्लान अहिले जे गर्छौ अाफ्नो सुरले गर्छौ भन्ने महान ब्यक्तिहरुले देश चलाउनु भएको छ भगवान भरोसा
यज्ञलाल भन्डारी
April 13, 2020, 1:58 a.m.यस्लाई लापर्वाही भन्न मिल्दैन । राज्यले जिउधनको सुरक्षा गर्ने हो, धनजिउको हैन । अर्थात् पहिले जिउ । नमस्कार ।