काेभिड १९ : चीनमा ९९ जना नयाँ सङ्क्रमित थपिए

 चैत ३०, २०७६ आइतबार १५:३२:५० | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – चीनमा कोरोना भाइरसका (कोभिड १९) का ९९ जना नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो एक हप्तामा एकैदिन सङ्क्रमित भएकामध्ये यो सङ्ख्या सबैभन्दा धेरै हो । स्वास्थ्य अधिकारीहरुका अनुसार चीनमा योसँगै कोरोना भाइरसबाट ८२ हजार ५२ जना सङ्क्रमति भएका छन् ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार शनिबारसम्म सङ्क्रमतिमध्ये एक हजार दुई सय ८० सङ्क्रमित बाहिरबाट आएका व्यक्ति थिए । यीमध्ये चार सय ८१ जना उपचारपछि निको भएका छन् भने सात सय ९९ जनाको उपचार भइरहेको छ । त्यस्तै ३६ जनाको अवस्था गम्भीर छ । शनिबार थपिएका ९९ सङ्क्रमितमध्ये ९७ जना बाहिरी देशबाट आएका व्यक्ति भएको अधिकारीहरुले बताएका छन् ।

चीनको वुहान शहरमा कोरोना सङ्क्रमणको सङ्ख्यामा कमी आउन थालेपछि लकडाउन हटाइएको थियो । तर अहिले सङ्क्रमितको सङ्ख्या लगातार थपिइरहँदा चिनियाँ अधिकारीहरु चिन्तित भएका छन् । शनिबार राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फेङ्गले कोरोनाको सङ्क्रमण रोक्न समूहमा भेला नहुन र बच्ने उपाय अपनाउन अपिल गरेका थिए ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया