माेटर रेसिङका 'लेजेण्ड' सर स्टर्लिङकाे निधन

 चैत ३०, २०७६ आइतबार १९:४५:० | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – बेलायतका लेजेण्ड माेटर रेसिङ सर स्टर्लिङ माेसकाे ९० वर्षकाे उमेरमा निधन भएकाे छ । उनी लामाे समयदेखि बिरामी थिए । 

नलाई फर्मुला वानकाे सर्वकालीन महान ड्राइभरमध्ये एक मानिन्थ्याे, यद्यपि उनले विश्व च्याम्पियनशिप जितेका छैनन् ।  

स्वास्थ्य समस्याका कारण उनी सन् २०१८ देखि सार्वजनिक जीवनबाट टाढिएका थिए । सन् २०१६ काे डिसेम्बर महिनामा छातीकाे सङ्क्रमणबाट पीडित भएका माेसले एक सय ३४ दिन अस्पतालमा बिताएका थिए । 

उनले सन् १९५१ देखि १९६१ सम्मकाे प्रतिस्पर्धामा ६६ एफ एक रेसमध्ये १६ वटा जितेका थिए । उनी सन् १९५५ मा ऐन्ट्रीमा घरेलु ग्राण्ड प्रिक्स जित्ने पहिलाे ब्रिटिश ड्राइभर बनेका थिए । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया