बङ्गलादेशका नेता शेख मुजिबुरकाे हत्या गरिएकाे २५ वर्षपछि पूर्व सैन्य अधिकारीलाई मृत्युदण्ड

 चैत ३०, २०७६ आइतबार १९:२६:६ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – बङ्गलादेशका संस्थापक नेता तथा स्वतन्त्रताका नायक शेख मजिबुर रहमानकाे हत्यामा दाेषी ठहरिएका एक पूर्व सैन्य अधिकारीलाई मृत्युदण्ड दिइएकाे छ । 

पूर्व सैन्य अधिकारी अब्दुल माजिदले यही हप्ता राष्ट्रपितसमक्ष गरेकाे क्षमादानकाे याचना अपिल खारेज भएपछि आइतबार राजधानी ढाकामा उनलाई मृत्युदण्ड दिइएकाे हाे । शेख मुजिबुरकाे हत्यापछि २५ वर्षसम्म फरार रहेका अब्दुललाई गएकाे मङ्गलबार गिरफ्तार गरिएकाे थियाे । 

बङ्गलादेशी वर्तमान राष्ट्रपति शेख हसीनाका पिता शेख मुजिबुरका परिवारका सदस्यसहित अन्य धेरैलाई सन् १९७५ काे एक सैन्य विद्राेहमा मारिएकाे थियाे । 

सत्ता परिवर्तनपछि माजिद बङ्गलादेशमा नै बसिरहे तर सन् १९९८ मा शेख हसीना प्रधानमन्त्री बनेपछि उनी भारततिर भागेका थिए ।

हसीना सरकारले त्यस समय मुजिबुरकाे हत्यारालाई बचाउने कानुन नै परिवर्तन गरेर सन् १९९८ मा माजिद र अन्य एक दर्जन सैन्य अधिकारीविरुद्ध मृत्युदण्डकाे सजाय सुनाएकाे थियाे । 

बङ्गलादेशकाे सर्वाेच्च अदालतले सन् २००९ मा याे सजायलाई बहाल राख्याे र त्यसपछि पाँच जना दाेषीलाई मृत्युदण्डकाे सजाय दिइएकाे थियाे । 

गएकाे महिना बङ्गलादेश फर्किएपछि अब्दुल माजिदलाई यही हप्ता गिरफ्तार गरिएकाे थियाे । 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया