फाइनलअघि नेपाल र म्यानमारबीच बराबरी
फागुन ११, २०८१ आइतबार
सुर्खेत - कर्णाली प्रदेशमा र्यापिड टेस्टबाट कोरोना भाइरसको परीक्षण सुरु गरिएको छ । आइतबार कर्णालीका विभिन्न जिल्लाका दुई सय ८२ जनाको र्यापिड टेेेेस्टबाट परीक्षण गरिएकोमा सबैको रिर्पोट नेगेटिभ आएको छ ।
कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयकी निर्देशक रिता भण्डारीका अनुसार सुर्खेतमा दुई सय २२, हुम्लामा २५ जना, सल्यानमा २२ जना, जाजरकोटका ११ जना र रुकुुम पश्चिममा दुई जनाको र्यापिड टेस्टबाट परीक्षण गरिएको हो ।
उहाँले भारत र अन्य देशबाट आएका व्यक्तिहरुको परीक्षण गरिएको बताउनुभयो । र्यापिड टेस्टबाट मात्र पाँच हजारको कोरोना भाइरस परीक्षण गरिने योजना रहेको उहाँले जानकारी दिनुभयो ।
अन्य जिल्लामा पनि परीक्षणको तयारी भइरहेको र डोल्पामा सोमबार र्यापिड टेस्ट किट पठाइने निर्देशक भण्डारीले जानकारी दिनुभयो ।
यस्तै प्रदेश अस्पतालमा कोरोना परीक्षणका लागि स्थापना गरिएको प्रयोगशालामा आइतबारसम्म एक सय २९ जनाको परीक्षण गरिएको छ । सबैको रिपोर्ट नेगटिभ आएको छ ।
निर्देशक भण्डारीले काठमाण्डौमा परीक्षणका लागि पठाइएको पाँच सय ८६ नमुनामध्ये एक सय ७२ जनाको रिर्पोट आएको र उनीहरू सबैको रिर्पोट नेगेटिभ आएको जानकारी दिनुभयो । अन्यको रिर्पोट आउन बाँकी छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।